३८ लाखले बढ्यो निक्षेप खाता, ऋण खाता भने १३ लाखमात्रै

<p>काठमाडौं । एक वर्षमा ३७ लाख ९० हजार निक्षेप खाता बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७४ अन्त्यसम्म एक करोड ९७ लाख ५४ हजार रहेको उक्त खाता गत आवमा आइपुग्दा २ करोड ३५ लाख ४४ हजार पुगेको हो । यो अवधिमा ऋण खाता बढेर १३ लाख पुगेको छ । अघिल्लो आवको अन्त्यसम्म यस्तो खाता १२ [&hellip;]</p>

काठमाडौं । एक वर्षमा ३७ लाख ९० हजार निक्षेप खाता बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७४ अन्त्यसम्म एक करोड ९७ लाख ५४ हजार रहेको उक्त खाता गत आवमा आइपुग्दा २ करोड ३५ लाख ४४ हजार पुगेको हो ।

यो अवधिमा ऋण खाता बढेर १३ लाख पुगेको छ । अघिल्लो आवको अन्त्यसम्म यस्तो खाता १२ लाख १६ हजार थियो । तथ्यांकले निक्षेप खाता र कर्जा खाताको अन्तर धेरै देखाएको छ ।

पछिल्लो समय आम जनसंख्यामा बढ्दै गएको वित्तीय पहुँच, बढ्दो आर्थिक गतिविधिले पनि खाता संचालन गर्नेको संख्या बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । निक्षेप खाताको तुलनामा कर्जा खाता कम हुनुमा सबै नेपाली उद्यमी बन्न नसक्नु तथा कर्जा लिएर उद्यम व्यवसायमा अग्रसर नहुनु भन्ने हो ।

चार हजार तीन सय ३४ जनसंख्याको पहुँचमा एउटा बैंक शाखा परेको छ । एक वर्षको अवधिमा सात सय ४९ वटा वाणिज्य बैंकहरूको शाखा विस्तार भएर कुल तीन हजार २३ वटा शाखा पुगेका छन् । विकास बैंकको शाखा नौ सय ९३ शाखा पुगेको छ भने वित्त कम्पनीहरूले गत असार मसान्तसम्म एक सय ८६ शाखा विस्तार गरेका छन् ।

देशमा संचालित बैंक तथा वित्तीय संस्थाहरूले एक हजार दुई सय ८५ वटा शाखारहित बैकिङ केन्द्रबाट सेवा लिइरहेका छन् । मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या एक वर्षमा २४ लाख १६ हजारले बढेर ५० लाख ८६ हजार पुगेको छ । इन्टरनेट बैकिङ सेवा प्रयोगकर्ताको संख्या बढेर ८ लाख ३४ हजार पुगेको छ । डेविड कार्डको संख्या ५५ लाख ४४ हजार नाघेको छ भने क्रेडिट कार्डको संख्या एक लाख नाघेको छ ।

Share News