उद्योग क्षेत्रमा १९ प्रतिशतले लगानी घट्यो, किन आकर्षित भएनन् लगानीकर्ता ?

<p>काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको उद्योग क्षेत्रमा १९ प्रतिशतले लगानीमा कमी आएको छ । पछिल्लो समय नेपाली उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा स्वदेशी र विदेशी लगानी अवस्था निराशाजनक छ । उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ५० अर्ब [&hellip;]</p>

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको उद्योग क्षेत्रमा १९ प्रतिशतले लगानीमा कमी आएको छ । पछिल्लो समय नेपाली उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा स्वदेशी र विदेशी लगानी अवस्था निराशाजनक छ ।

उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ५० अर्ब ७३ करोड २० लाख उद्योगमा लगानी आएको थियो भने गत आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ८२ अर्ब ६७ करोड ९० लाख मात्रै उद्योगमा लगानी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६८ अर्ब ५ करोड ३० लाखले लगानी घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष उद्योग दर्ताको संख्यापनि घटेको छ । अघिल्लो आर्थिक वर्ष विभिन्न प्रकृतिका ४९८ वटा उद्योग दर्ता भएका थिए भने गतआर्थिक वर्षमा ४३६ वटा मात्रै उद्योग दर्ता भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६२ वटा उद्योगको संख्या पनि घटेको छ ।

उद्योग विभागमा विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक र पर्यटन क्षेत्रमा छ । विभागमा दर्ता भएका ४३६ वटा उद्योगमध्ये उत्पादनमूलक उद्योगका ११८ वटा दर्ता छन् । पर्यटनमूलक उद्योग भने ११७ वटा दर्ता भएका छन् ।

यसैगरी, सेवमूलक उद्योग १०२ वटा, उर्जा क्षेत्रका ४७ वटा, कृषि तथा बनजन्यमा २७ वटा, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २१ वटा, खनिजमा २ वटा उद्योग दर्ता भएका छन् ।

पछिल्लो समय उद्योग व्यवसायमा लगानी घटेको सम्बन्धमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने– ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्विकृती नभएकाले पनि नेपालमा आउने लगानीमा कमी देखिएको हो ।’ अहिले १० करोड भन्दा तलको लगानी प्रदेश सरकारले र ६ अर्बभन्दा माथिको लगानी उद्योग विभागले नहेर्ने भएकाले पनि कमी देखिएको सिंहले बताए ।

उनले फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने सिंहले जानकारी दिए ।

उद्योगी उमेशलाल श्रेष्ठले पछिल्लो समयमा उद्योग क्षेत्रमा लगानी घट्नु र नेपालको समग्र उद्योग क्षेत्रको लगानीमा कमी आउनुमा उपयुक्त नीति नहुनु कारक रहेको बताए । नेपालमा उद्योग सञ्चालन गर्दा मुनाफा कम भएरपनि विदेशी लगानीकर्ताको लगानीमा कमी आएको श्रेष्ठले बताए ।

Share News