मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिकलाई ३५ थान कुर्सी हस्तान्तरण

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले पोेखरा महानगरपालिका १०, रामबजारमा स्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार युके सोसाइटीका सल्लाहकार प्रेम विक, विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा [&hellip;]</p>


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले पोेखरा महानगरपालिका १०, रामबजारमा स्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार युके सोसाइटीका सल्लाहकार प्रेम विक, विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको उपस्थितिमा कुर्सी वितरण गरेको हो ।

Share News