नबिल र स्ट्याण्डर्डको बेसरेट महँगियाे, प्रतिस्पर्धामा सिभिललाई कुमारीले उछिन्यो

<p>काठमाडौं । सञ्चालन लागतकै कारण कर्जाको औसत ब्याजदर महँगो हुने बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कुमारी बैंक अघि देखिएका छन् । चैत मसान्तको कोष लागत (कस्ट अफ फण्ड) मा आधारित तथ्याङ्क अनुसार यी तीन बैंकहरुको आधारदर ११ प्रतिशत भन्दा बढी देखिएको हो । सेञ्चुरी बैंकको चैत मसान्तको आधार ब्याजदर ११.३२ प्रतिशत छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । सञ्चालन लागतकै कारण कर्जाको औसत ब्याजदर महँगो हुने बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कुमारी बैंक अघि देखिएका छन् । चैत मसान्तको कोष लागत (कस्ट अफ फण्ड) मा आधारित तथ्याङ्क अनुसार यी तीन बैंकहरुको आधारदर ११ प्रतिशत भन्दा बढी देखिएको हो ।

सेञ्चुरी बैंकको चैत मसान्तको आधार ब्याजदर ११.३२ प्रतिशत छ । त्यस्तै, सिभिल बैंकको ११.२० प्रतिशत र कुमारी बैंकको आधार ब्याजदर ११.१२ प्रतिशत छ । पुस महिनामा सेञ्चुरी बैंकको ११.५० प्रतिशत रहँदा सो त्रैमासमा समेत सोही बैंक सबैभन्दा महँगो बेसरेट भएको बैंक बनेको थियो भने बढी बेसरेट हुनेमा सिभिल बैंकभन्दा कुमारी बैंक अघि थियो ।

निजी क्षेत्रको वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो आधारदर भएको बैंकमा यसअघि जस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक नै अगाडि छ । तर, पुसको तुलनामा चैतमा स्ट्याण्डर्डको आधारदर बढेपछि र नबिलको घटेपछि यो अन्तर निकै तल झरेको छ । स्ट्याण्डर्डको आधारदर पुसमा ७.५५ प्रतिशत रहेकोमा चैतमा ०.१९ प्रतिशतले बढेर ७.७४ पुग्दा नबिलको ७.९४ प्रतिशतबाट ०.०५ प्रतिशतले बढेर ७.९९ पुग्दा यी दुई बैंकको अन्तर ०.२५ प्रतिशत कायम भएको हो ।

त्यस्तै, चालु आर्थिक वर्षको चैतसम्म ११ वटा वाणिज्य बैंकहरुको बेसरेट १० भन्दा माथि र ११ भन्दा तल प्रतिशत छ । एनसीसी, नेपाल बङ्गलादेश, सिटिजन्स, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, लक्ष्मी, मेगा, प्राइम कमर्शियल र बैंक अफ काठमाण्डूको आधारदर १० देखि ११ प्रतिशतको अन्तरमा रहेको छ ।

सो मध्ये नेपाल बङ्गलादेश र मेगा बैंकले भने हालसम्म पनि चैतको आधारदर सार्वजनिक गरेको छैन । फागुनसम्म नेपाल बङ्गलादेशको १०.६० र मेगा बैंकको १०.३१ प्रतिशत बेसरेट थियो । एनएमबि, नेपाल एसबिआई, ग्लोबल आईएमई, एनआईसी एशिया, सानिमा, प्रभु र हिमालयन बैंकको आधार दर ९ देखि १० प्रतिशतसम्म छ ।

त्यस्तो दर ८ देखि ९ प्रतिशतसम्म हुने बैंक भने एभरेष्ट र एनवीआई मात्रै हुन् । एभरेष्टको ८.०१, नेपाल इन्भेष्टमेन्टको ८.५४ छ । निजी क्षेत्रका बैंकहरुमा ८ प्रतिशत भन्दा कम बेसरेट हुने चाहिँ स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंक नै हुन् ।

सरकारी बैंकहरुमा भने राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक निजी क्षेत्रका उत्कृष्ठ बैंकहरु भन्दा पनि कम आधारदर भएका बैंकहरु हुन् भने कृषि विकास बैंक भने त्यस्तो दर सबैभन्दा बढी भएको बैंक हो । यी बैंकहरुले हालसम्म चैत मसान्तको वित्तीय अवस्थामा आधारित आधारदर सार्वजनिक गरेका छैनन् ।

आधार व्याजदरलाई बैंहरुको ब्यादर निर्धारणको पहिलो आधार मानिन्छ । निर्देशित कर्जाहरुमा बाहेक अन्य कर्जाहरुको हकमा बैंक कुनैपनि कर्जाको जोखिम प्रिमियम तोक्नसक्ने भए पनि त्यस्तो प्रिमियम दरमा सामान्यतयाः एकरुपता पाइन्छ । त्यसैले यो दरलाई महत्वपूर्ण मानिन्छ ।

सस्तो आधारदर भएका बैंकहरुको यस्तो दर बढेको अवस्थामा सरकारी क्षेत्रका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको आधारदर पनि थप बढेर आउनसक्ने सम्भावना देखिन्छ । तर, सर्वाधिक आधारदर भएका बैंकहरुले चाहिँ यस्तो दर घटाउन उल्लेखनीय प्रगति गरेको देखिएको छ ।

Share News