बीमाले हटाउँछ विवाहको चिन्ताः बालबालिका लक्षित बीमा, कुन कम्पनीमा कस्तो ?

<p>काठमाडौ । के तपाईँ आफ्नो छोराछोरीको शिक्षा, स्वास्थ्यको विषयमा चिन्तित हुनुहुन्छ ? छोराछोरी हुर्केपछि विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ होला, होइन ? अब धन्दा नमान्नुहोस्, थोरै थोरै पैसा बुझाउँदै गएमा यस्ता चिन्ताबाट सहजै मुक्ति दिलाउन बीमा कम्पनीहरुले बीमा पोलिसी ल्याइसकेका छन् । बालबालिका लक्षित बीमा, कुन कम्पनीमा कस्तो ? राष्ट्रिय बीमा संस्थानले ‘बालबच्चाको [&hellip;]</p>


काठमाडौ । के तपाईँ आफ्नो छोराछोरीको शिक्षा, स्वास्थ्यको विषयमा चिन्तित हुनुहुन्छ ? छोराछोरी हुर्केपछि विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ होला, होइन ? अब धन्दा नमान्नुहोस्, थोरै थोरै पैसा बुझाउँदै गएमा यस्ता चिन्ताबाट सहजै मुक्ति दिलाउन बीमा कम्पनीहरुले बीमा पोलिसी ल्याइसकेका छन् ।

बालबालिका लक्षित बीमा, कुन कम्पनीमा कस्तो ?
राष्ट्रिय बीमा संस्थानले ‘बालबच्चाको शिक्षा तथा विवाह’(सावधिक) सम्बन्धी जीवन बीमा सञ्चालनमा ल्याएको छ । यस्तै, ‘बालबच्चाको जीवन बीमा वात्सल्य’ समेत कम्पनीले प्रदान गर्दै आएको छ ।

त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको शिक्षा, विवाहसम्बन्धी बीमा गराउँदै आएको छ । कम्पनीले ‘बाल इन्डोमेण्ट पोलिसी’, ‘बाल अमृत इन्डोमेन्ट पोलिसी’, ‘बाल भाग्योदय पोलीसी’ बिक्री गर्दै आएको छ ।
यसैगरी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ‘सुरक्षित जीवन बीमा योजना’ तथा ‘केटाकेटी जीवन बीमा’ योजना सञ्चालन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १० वर्ष र सो भन्दा तलका बालबालिकाका लागि ‘इन्डोमेण्ट प्लान’ अनुसार बीमा गर्दै आएको छ । यता, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी इन्डोमेन्ट र एस्योरेन्स पोलिसिको बिक्री गर्दै आएको छ भने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाल बीमा योजना अन्तर्गत क्यासव्याक(पैसा फिर्ता दिने) सम्मको योजना सञ्चालन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘आइएमइ बाल उज्ज्वल जीवन बीमा योजना’ नामक पोलिसी बिक्री गर्दै आएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिक्स कमेन्समेन्ट’ लगायतका बाल बीमा पोलिसी बिक्री गर्दै आएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि बालबालिकाको भविष्यलाई लक्षित गर्दै बीमा पोलिसी बिक्री गर्दै आएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल समृद्धि जीवन बीमा’ मार्फत आफ्नो पोलिसी बिक्री गर्दै आएको छ । सो पोलिसी अनुसार १५ वर्ष सम्मका बालकालिकाको बीमा गर्न सकिने व्यवस्था रहेको छ ।

यसैगरी रिलायन्स लाइफ इन्स्योेरेन्स कम्पनीले ‘रिलायन्स चाइल्ड एसुरेन्स प्लान मेरो मुटु’ मार्फत बीमा योजना बिक्री गर्दै आएको छ । यो योजनाले बालबालिकाका लागि बचत तथा जोखिम बहन गर्ने २ किसिमका काममा सहयोग पुर्याउने जनाइएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ‘रिलायबल हाइयर एजुकेशन प्लान’ मार्फत बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ । सो योजनामा ५० हजारको बीमा दाबी गर्न सकिन्छ । यही योजनामा बिमितको उमेर हद भने केही बढी राखिएको छ । जसमा २५ वर्षसम्म उमेर समूहका बिमितले लाभ लिन सक्छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल भविष्य जीवन बीमा’ योजना मार्फत आफ्नो पोलिसी बिक्री गर्दै आएको छ । सो योजनामा कम्तीमा ५० हजारदेखी बढीमा ५० लाखसम्मका लागि पोलिसी किन्न पाइन्छ । यसमा कम्तीमा १० बर्ष तथा बढीमा २५ वर्षसम्मका लागि पोलिसी लिन पाइन्छ । १५ वर्ष सम्मका बालबालिका यस योजनामा प्रवेश गर्न पाउने छन् ।

यसैगरी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल सौगात जीवन बीमा योजना’ अनुसार बालबालिकालाई बीमा सुविधा दिदै आएको पाइन्छ । यस बीमा योजनाले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेको देखिन्छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जीवन उन्नती पोलिसि मार्फत बालबालिकाको बीमा गर्दा पैसा फिर्ता दिने पोलिसी बिक्री गर्दै आएको छ ।

Share News