टेकु र वाग्मती पुलको विकास समितिले अनुगमन गर्ने, ‘निर्माण गुणस्तरहीन’

<p>काठमाडौँ । काठमाडौँको टेकु पुल र बाग्मती पुलको विकास तथा प्रविधि समितिले अनुगमन गर्ने भएको छ । कालीमाटी-टेकु जोड्ने ६२ मिटरको पुल र मीनभवन-तीनकुने जोड्ने बाग्मती पुलमा अनियमितता भएको र पुल कमजोर भएको भन्दै विकास समितिमा सांसद गणेश पहाडीले कुरा उठाएका थिए । ती दुबै पुल पप्पु कन्स्ट्रक्सनले बनाएको हो । पुल प्राविधिक रुपमा कमजोर [&hellip;]</p>


काठमाडौँ । काठमाडौँको टेकु पुल र बाग्मती पुलको विकास तथा प्रविधि समितिले अनुगमन गर्ने भएको छ । कालीमाटी-टेकु जोड्ने ६२ मिटरको पुल र मीनभवन-तीनकुने जोड्ने बाग्मती पुलमा अनियमितता भएको र पुल कमजोर भएको भन्दै विकास समितिमा सांसद गणेश पहाडीले कुरा उठाएका थिए ।

ती दुबै पुल पप्पु कन्स्ट्रक्सनले बनाएको हो । पुल प्राविधिक रुपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको छ । पुल हस्तान्तरण नभएको, पुलमा देखिएको प्राविधिक समस्या समाधान नगरी निर्माण अघि बढाएको र परामर्शदाताले दिएको सुझाव पालना नगरी निमार्ण गरेकाले सञ्चालनमा सडक विभागले रोक लगाएको हो ।

ती पुलको गुणस्तरबारे विकास समितिमा कुरा उठेपछि राष्ट्रिय सतर्कता केन्द्र, सडक विभाग, निर्माण कम्पनी, विज्ञ प्राविधिक र समितिका सांसदहरुको टोलीले अनुगमन गर्ने बारेमा छलफल भएको हो । गुणस्तरहीन भएको भन्दै यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ती पुल भत्काउनु पर्ने बताएका थिए ।

Share News