एभेन्जर्स ईन्डगेमले एक साता मै कमायो १ खर्ब ३३ अर्ब, नेपालमा पनि अत्याधिक ‘क्रेज’

<p>काठमाडौं । एभेन्जर्स श्रृंखलाका फ्यानहरुले एभेन्जर्स ईन्डगेमको हेर्नको लागि विश्वभरका लगभग सबै हल पुरै प्याक बनाईदिएका छन् । एभेन्जर्सको अन्तिम श्रृंखला मानिएको एभेन्जर्स ईन्डगेमले लगभग रेकर्ड तोडेको छ । अमेरिका र क्यानडामा मात्रै ४ दिनको अवधिमा (बैशाख १२ देखि बैशाख १५) झन्डै ३९ अर्ब कमाएको छ । ३ घण्टा लामो सिनेमाले कथाको मुख्य पात्र आईरन [&hellip;]</p>

काठमाडौं । एभेन्जर्स श्रृंखलाका फ्यानहरुले एभेन्जर्स ईन्डगेमको हेर्नको लागि विश्वभरका लगभग सबै हल पुरै प्याक बनाईदिएका छन् । एभेन्जर्सको अन्तिम श्रृंखला मानिएको एभेन्जर्स ईन्डगेमले लगभग रेकर्ड तोडेको छ । अमेरिका र क्यानडामा मात्रै ४ दिनको अवधिमा (बैशाख १२ देखि बैशाख १५) झन्डै ३९ अर्ब कमाएको छ ।

३ घण्टा लामो सिनेमाले कथाको मुख्य पात्र आईरन म्यान, थोर, क्याप्टेन अमेरिका र अन्य चर्चित सुपरहिरो पात्रहरुको भाग्यको बारेमा बताउँछ । सिनेमाले अमेरिका र क्यानडामा मात्र नभएर चिन, ब्राजिल, फ्रान्स, ईजिप्ट, दक्षिण अफ्रिका लगायत अन्य ३८ मुलुकमा पनि ईतिहास कायम गर्ने सफल भएको छ । १ साताको बीचमा १ खर्ब ३३ अर्ब कमाइसकेको छ ।

अमेरिका र क्यानडा पछि चीनमा सबैभन्दा धेरै कमाएको छ । फिल्मले चीनमा अप्रिल २४ देखी यता ३६ अर्ब कमाईसकेको छ ।  ईन्ड्गेम आँफैमा अन्य फिल्म भन्दा फरक र बिशेष रहेको छ किनभने यो २२ वटा मार्भल स्टुडियोजको फिल्म हो, जसले १ दशक देखि दर्शकहरुलाई हलसम्म तानिरहेको छ ।Image result for endgame crazeदर्शकहरुलाई यी पात्रहरुको बारेमा निकै चासो रहेको छ, डिज्नीका नाटकीय वितरणको प्रमुख क्याथ्लिन ट्याफ भन्छन् । मलाई लाग्छ उनीहरु यो सिनेमाको कथामा रहेका समस्या कसरी हल हुन्छ भन्ने हेर्न चाहन्छन् ।

एन्डगेमाका मुख्य पात्र रोबर्ट डाउनी जुनियर, क्रिस हेम्स्वोर्थ, स्कार्लेट जोअन्नसन र अन्य समुहका सुपरहीरोको कथाका खलनायक थ्यानोससँगको लडाईंमा बाँधिएको छ । थ्यानोसको पात्रमा नायक जोस ब्रोलिन रहेका छन् ।

फिल्म रिलिजको केही दिन अगाडि फिल्मले आन्तरिक बजारमा ३३ अर्ब कमाउँछ या कमाउँदैन भन्ने कुरामा बजार विभाजित भएको थियो । तर, यस सिनेमाले यस अगाडिको सबै रेकर्ड तोड्नुको साथै यी भन्दा धेरै अगाडि आएर आफ्नो बेग्लै ईतिहास बनाएको छ ।

यस भन्दा १ बर्ष अगाडि एभन्जर्स कै श्रृंखला एभेन्जर्स : ईन्फिनिटी वारले २८ अर्ब कमाएर सबैभन्दा बढी कमाएको सिनेमाको दोस्रो स्थानमा रेकर्ड राखेको थियो। पहिलो स्थानमा ७८ अर्बसहित पहिलो स्थानमा रहेको छ ।

दर्शकको माग पूरा गर्नको लागि, थिएटरहरुले शो को समय थप्नुको साथै र कहिले पनि शो नहुने बिहानको ७ बजे समयका शो को टिकटहरु पनि सबै बिक्री भएको विश्वको सबैभन्दा ठूलो थिएटर चेनको रुपमा रहेको एमसी ईन्टरटेन्टमेन्टले बताएको छ । त्यस्तै कुनै हलहरुले निरन्तर ७२ घण्टा शो चलाएको पनि जानकारी दिए।

यसले बक्स अफिसमा रिलिजको पहिलो हप्तामा १ खर्ब ३३ अर्ब ६५ करोड ६० लाख कमाएर रेकर्ड ब्रेक गरेको छ।चाईनाका केही फ्यानहरुले ईन्डगेमको टिकटको लागि ८६२८ रुपैयाँ तिरेका छन् , जुन उनीहरुले ग्रे मार्केटमा किनेका थिए । यो रकम बजारको पाइने टिकेट भन्दा ६० प्रतिसत महँगो हो।

लन्डनको एक ठाउँमा बाईक चालकहरुलाई ईन्डगेमको कथा नखुलाउन आग्रह गर्ने साईनबोर्ड पनि लगाईएको डिज्ने प्रमुख कार्यकारी बबले ट्वीटरमा लेखेका थिए।

नेपालमा ईन्डगेम क्रेज

नेपालमा ईन्डगेमको क्रेज पनि अत्याधिक देखिएको छ । नेपालमा बैशाख १० गते रिलिज भएको थियो । रिलिजको भाेलिपल्ट बिहीबार काठमाडौंका सबै हलहरुमा युवा जमातको भिड अत्याधिक थियो । भिड यतिसम्म्म भयो कि क्युएफेक्सको एप र टिकेट काउन्टर केही समयको लागि बन्द गरियो ।

सिनेमाको क्रेज यतिसम्म देखियो कि धेरैले “नो स्पोइलर” अर्थात कथा नखुलाउँ भन्दै ईन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेका थिए । बौद्धमा बस्दै आएकी पेमा शेर्पाले २-३ जना स्पोइलरलाई त ब्लक पनि गर्दिन्।

सुपरहिरो हुने सिनेमाको त्यति ठूलो फ्यान नभएता पनि आरआर कलेजमा मास्टर्स अध्ययन गर्दै गरेकी बन्दना थापा मगर साथीले धेरै कर गरेको कारण ईन्ड्गेम हेर्न गएको, तर अब यसअघिको सबै मार्भल्सको मुभी हेर्ने उनले बताईन्।

ईन्डगेमको  टिकेट लिन सुमन राणा सिभिलमलमा ५ घण्टा लाईनमा बसे । आफुले यस अघिको सबै श्रृंखला हेरिसकेको र के हुन्छ भन्ने उत्सुकता मेटाउन ईन्डगेम हेर्न चाहेको बताए।Related imageईन्डगेम हेर्न तेस्रो पटक आएकी ललितपुरकी एलिशा थापा मगर आफुलाई अझै पनि हेर्न नपुगेको बताईन् । उनले हाँस्दै अर्को पटक यदी कसैले अफर गरे फेरी पनि हेर्न आउने बताईन् ।

सिनेमा हलमा कथाको हरेक पात्रको प्रस्थान हुँदा ठुलो स्वोरमा युवा जमात कराए र अन्त्यमा सबैलाई लामो समय सम्म ताली पड्काईरहे । साच्चै सिनेमा ताली पड्काउन लायक बनेको छ। हाँसो, रोदनको र दोस्तीको सही मिसावट भएर रेकर्ड तोड्न लायक बनेको छ।

Share News