धेरै रोजगारीको प्रतिबद्धता जनाउनेमा रोल्पा सिमेन्ट पहिलो, टपटेन उद्योगमा १८ हजारलाई रोजगारी

<p>काठमाडौं । नेपालमा सबैभन्दा धेरै रोजगारी दिन्छु भनेर प्रतिबद्धता जनाउने उद्योग कुन होला ? यो जिज्ञासाको विषय हो । धेरै जनालाई यो कुरा थाहा नहुन सक्छ । उद्योग विभागको तथ्याङ्क अनुसार रोल्पा सिमेन्ट उद्योगले ४ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । सो प्रतिवद्धताले रोल्पा सिमेन्ट सबैभन्दा बढी रोजगारी दिने उद्योगका रुपमा देखिएको छ । [&hellip;]</p>

काठमाडौं । नेपालमा सबैभन्दा धेरै रोजगारी दिन्छु भनेर प्रतिबद्धता जनाउने उद्योग कुन होला ? यो जिज्ञासाको विषय हो । धेरै जनालाई यो कुरा थाहा नहुन सक्छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार रोल्पा सिमेन्ट उद्योगले ४ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । सो प्रतिवद्धताले रोल्पा सिमेन्ट सबैभन्दा बढी रोजगारी दिने उद्योगका रुपमा देखिएको छ ।

विभागका अनुसार नेपालमा सबैभन्दा धेरै रोजगारी दिने प्रतिवद्धता जनाउने उद्योगहरुमा रोल्पा सिमेन्ट, हिमालय कन्फेक्शनरी प्रडक प्रालि, माथिल्लो तामाकोशी जलविद्युत परियोजना, हिमाल पावर लिमिटेड, हसंराज हुलास चन्द जुटमिल्स, माइलुङग खोला जलविद्युत, लड बुद्ध, तनहुँ हाइड्रो, जय स्प्रीङ्ग मिल्स र मध्य भोटेकोसी जलविद्युत आयोजना रहेका छन् ।

विभागका अनुसार रोल्पा सिमेन्टले २ हजार ५४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं २०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

विभागको तथ्याङ्क अनुसार १० वटा उद्योगले १८ हजार ५६० रोजगारीलाई को प्रतिवद्धता जनाएका छन् । धेरै रोजगारी प्रतिवद्धता जनाउनेमा जनविद्युत क्षेत्रका धेरै छन् । जलविद्युत क्षेत्रमा मात्रै ७ हजार ९६३ जना रोजगारीको प्रतिबद्धता छ ।

धेरै रोजगारीको प्रतिप्रबद्धता जनाउने टपटेन उद्योगहरुः

 

 

Share News