मृत्यु दाबी बापतको दाबी भुक्तानी रकम हस्तान्तरण

<p>काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी बापतको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय लालबन्दीमा गुराँस सावधिक जीवन बीमा अन्तर्गत रु. ५ लाख को बीमा गराई जम्मा ५ किस्ता वापत रु.१,८१,६४५।- भुक्तानी गर्नु भएका लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज, सर्लाही निवासी बिमित विष्णुराज श्रेष्ठको मोटर साइकल दुर्घटनामा परि मृत्यु [&hellip;]</p>


काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी बापतको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालय लालबन्दीमा गुराँस सावधिक जीवन बीमा अन्तर्गत रु. ५ लाख को बीमा गराई जम्मा ५ किस्ता वापत रु.१,८१,६४५।- भुक्तानी गर्नु भएका लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज, सर्लाही निवासी बिमित विष्णुराज श्रेष्ठको मोटर साइकल दुर्घटनामा परि मृत्यु भएको हो ।

मृत्यु दावी भुक्तानी वापतको रकम बिमितको श्रीमती रेखा जोशीलाई एघार लाख आठ हजार पाच सय दुई रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कम्पनीको शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख, बरिष्ठ अधिकृत लोककुमारी काफ्लेको उपस्थितिमा लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष नवराज अधिकारी र उद्मोग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेको जनाइएको छ ।

Share News