आफ्नै नीतिविपरीत निगम: मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक

<p>काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ ।

इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ ।

निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्ता मूल्य कायम गर्नुपर्छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टितेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनमा ५१ रुपैयाँ ८३ पैसा नाफा गरिरहेको छ ।

ग्यास उद्योगीको दबाबमा प्रतिसिलिन्डर २७ रुपैयाँका दरले निगमले मासिक आठ करोड रुपैयाँ उपलब्ध गराएका कारण प्रतिसिलिन्डर घाटा दर चुलिँदै दुई सय रुपैयाँ पुगेको छ । ‘नाफा घाटासँग मतलब छैन’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘मुख्य विषय भनेको मूल्य समायोजन हो। अन्तर्राष्ट्रिय मूल्यका आधारमा प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्नुपर्छ । तर निगमले मूल्य समायोजनमा चासो देखाएन ।’

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले मन्त्रालयको निर्देशनमा इन्धनको मूल्य समायोजन नगरिएको जानकारी दिए । पौडेलले वार्षिक पाँच अर्ब रुपैयाँ नाफा आर्जन नगर्दासम्म निगमले मूल्य समायोजन नगर्ने बताए । उनका अनुसार निगमले नाफा दर ३ प्रतिशत तोकेको छ ।

पेट्रोलियम पदार्थ प्रतिलिटर १०–१२ रुपैयाँ बढे पनि त्यही अनुपातमा अन्तर्राष्ट्रिय मूल्य घटेको छ । तर नयाँ मूल्य लागू नहुँदा स्वचालित मूल्य प्रणालीको विश्वसनीयता गुमेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News