व्यवसायिक मर्यादा उल्लंघन गर्दै ह्वावे कम्पनी, आफू मात्र ठीक अरु सबै गलत भन्न मिल्छ ?

<p>काठमाडौँ । ह्वावे मोवाइल कम्पनीले चैत्र २५ गते ‘पी ३० सिरिज’ का मोेबाइल सार्वजनिक गर्दा व्यवसायिक मर्यादा उल्लंघन गरेको छ । मोबाइल सार्वजनिक गर्न आयोजित कार्यक्रममा आफ्नो राम्रो देखाउन अन्य कम्पनीका मोबाइलको कमजोरी प्रस्तुत गरिएको थियो । चिनियाँ कम्पनी ह्वावेले नेपाली बजारमा आफ्ना उत्पादन भित्र्याउनु राम्रो भएपनि अन्य कम्पनीको दुर्वलता पेश गर्नु व्यवसायिक मर्यादा भित्र [&hellip;]</p>

काठमाडौँ । ह्वावे मोवाइल कम्पनीले चैत्र २५ गते ‘पी ३० सिरिज’ का मोेबाइल सार्वजनिक गर्दा व्यवसायिक मर्यादा उल्लंघन गरेको छ ।

मोबाइल सार्वजनिक गर्न आयोजित कार्यक्रममा आफ्नो राम्रो देखाउन अन्य कम्पनीका मोबाइलको कमजोरी प्रस्तुत गरिएको थियो ।

चिनियाँ कम्पनी ह्वावेले नेपाली बजारमा आफ्ना उत्पादन भित्र्याउनु राम्रो भएपनि अन्य कम्पनीको दुर्वलता पेश गर्नु व्यवसायिक मर्यादा भित्र पर्दैन, त्यही काम ह्वावेले गरिरहेको छ ।

ह्वावे मोवाइल कम्पनीका सिइओ डेनी डेनले आफ्नो प्रस्तुतीको क्रममा भने–‘तपाईहरु हेर्नुस् अन्य सेट र हाम्रो सेट यसमा कति भिन्नता छ ।’ उनले कार्यक्रम स्थलमा आईफोनदेखी केही ग्यालेक्सी सम्मको गलत पक्षको उदाहरणमा जोड दिएका थिए । आफ्नो राम्रो पक्ष र अरुको कमजोर पक्षमा उनी केन्द्रीत भएका हुन् ।

सबै कम्पनीले आ–आफ्नो तर्फबाट सेवा दिंदै आइरहेका छन् । आफूलाई मजबुत्त बनाउन अरुको खुट्टा तान्ने शैली चिनियाँ कम्पनीले किन अपनाई रहेको छ ? यस्तो क्रियाकलाप बन्द गर्नु पर्छन् । होटल याक एण्ड यति आइतबार आयोगित कार्यक्रममा ह्वावे कम्पनीले प्रोजेक्टर प्रयोग गरेर आफ्नो उत्पादनको सूचना दिंदा अरु कम्पनीसँग दाँजेर आफ्नो ठीक र अरुको गल्ती औल्याइरहेको थियो ।

Share News