‘पी ३० सिरिज’ का ह्वावे मोबाइल नेपाली बजारमा, चैत्र २९ बाट बिक्री शुरु हुने

<p>काठमाडौ । ह्वावे मोबाइल कम्पनीले नेपाली बजारमा ‘पी ३० सिरिज’ अन्र्तगतका मोवाइल फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे ‘पी ३०’, ह्वावे ‘पी ३० प्रो’ र ह्वावे ‘पी ३० लाइट’ मोबाइल सार्वजनिक गरेको हो । नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको बिक्री चैत्र २९ बाट सुरू [&hellip;]</p>

काठमाडौ । ह्वावे मोबाइल कम्पनीले नेपाली बजारमा ‘पी ३० सिरिज’ अन्र्तगतका मोवाइल फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे ‘पी ३०’, ह्वावे ‘पी ३० प्रो’ र ह्वावे ‘पी ३० लाइट’ मोबाइल सार्वजनिक गरेको हो । नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको बिक्री चैत्र २९ बाट सुरू हुने कम्पनीले जनाएको छ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबारसम्म गर्न सकिनेछ ।

ह्वावे‘पी ३० प्रो’ को मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ, ह्वावे ‘पी ३०’ को मूल्य ८४ हजार ९ सय रुपैयाँ र ह्वावे ‘पी ३० लाइट’ को मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । उक्त मोवाइलको बिक्री चैत्र २९ गते शुक्रबारबाट सुरु हुनेछ । साथै, सो मोवाइल फोनको बुकिङ् भने चैत्र २७ गते बुधबारसम्म गर्न सकिने छ ।

मोवाइल कम्पनीले ग्राहकको सहजताको लागि ह्वावे पी सिरिजका स्मार्ट फोनहरु शुन्य ब्याजदरमा गरिद गर्न सकिने व्यवस्था मिलाएको छ । सोही कार्यका लागि नबिल बैक, माछापुच्छ्रे बैक, मेघा बैक, कुमारी बैंक, सिद्धार्थ बैक, ग्लोबल आएमई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र नेपाल इन्भष्टमेन्ट बैकसँग कम्पनीले सहकार्य गर्ने जनाएको छ ।

डीएस्को मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ । यस्तै, ह्वावे सुपर स्पेक्ट्रम सेन्सर भएको ४० एमपिको मुख्य क्यामेरा, २० एमपिको अल्ट्रावाइड एङ्गल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरु खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

मोवाइल फोन सार्वजनिक गर्ने अवसर पारेर ह्वावे मोवाइल कम्पनीका सिइओ ड्यानी डेनले भने–‘ह्वावे कम्पनीले ग्लोबल रुपमा काम गर्ने लक्ष्य राखेको छ र हालसम्म त्यसमा हामीहरुलाई सफलता मिल्दै आएको छ ।’

Share News