ह्याम्स हस्पिटलको सेयरमा किचलो, एसविआई र सानिमा बैंकको १०० करोड लगानी जोखिममा

<p>काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने लक्ष्यसहित खुलेको ह्याम्स हस्पिटलको सेयर स्वामित्व विवाद भएको छ । मुख्य प्रवद्र्धक तथा हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले ख्याति कमाएका डाक्टरहरुलाई हस्पिटल भित्र्याउनु पूर्व कम्पनीको सेयर दिने कागज गरेपनि अहिले आएर सेयर दिन आनाकानी गरेपछि हस्पिटलमा किचलो बढेको हो । धुम्बाराहीमा स्थापना भएको यो हस्पिटलमा डा. भगवान कोइराला, डा. [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने लक्ष्यसहित खुलेको ह्याम्स हस्पिटलको सेयर स्वामित्व विवाद भएको छ । मुख्य प्रवद्र्धक तथा हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले ख्याति कमाएका डाक्टरहरुलाई हस्पिटल भित्र्याउनु पूर्व कम्पनीको सेयर दिने कागज गरेपनि अहिले आएर सेयर दिन आनाकानी गरेपछि हस्पिटलमा किचलो बढेको हो ।

धुम्बाराहीमा स्थापना भएको यो हस्पिटलमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. भोला रिजाल, डा. भास्करराज पन्त, डा. प्रकाश सायमी, डा. प्रकाश विष्ट लगायत ख्याति कमाएका डाक्टरहरु छन् ।

अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारीले डाक्टरहरुलाई निश्चित सेयर दिने भन्दै आन्तरिक कागज गरेको, उनीहरुसँग पैसा पनि लिएको तर सेयर नदिएकोले विवाद बल्झिएको हो ।

तीन वटा बैंकबाट करिब सवा अर्ब रुपैयाँ ऋण लिएपछि भण्डारीले डाक्टरहरुलाई पैसा फिर्ता दिन खोजेका छन् । हस्पिटललाई नेपाल एसविआई बैंकले ८० करोड, सानिमा बैंकले २० करोड र सिद्धार्थ बैंकले १२ करोड रुपैयाँ कर्जा दिएका छन् ।

बैंकले कर्जा दिएपछि भण्डारीहरुले पहिला लिएको पैसा फिर्ता गर्ने र सेयर नदिने भनेपछि विवाद भएको नाम उल्लेख नगर्ने सर्तमा एक डाक्टरले बताए । डाक्टरहरु भने पैसा फिर्ता नलिई सेयर नै लिने अडानमा छन् । मेडिकल इक्वीप्टमेन्टको व्यापार गर्दै व्यवसायमा सफलता हासिल गरेको भण्डारीले डाक्टरहरुलाई धोका दिएपछि उनी विवादमा तानिएका छन् ।

अध्यक्ष भण्डारीले त्यस्तो विवाद नभएको बताए । ‘सेयरधनी धेरै जना छौं । मेरो लेबलमा स्वामित्व सम्बन्धि विवादको कुरा आएको छैन’ उनले विकासन्यूजसँग भने ।

स्रोतका अनुसार हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ५३ लाख रुपैयाँ छ । मुख्य लगानीकर्ता रामशरण भण्डारी र उनका आफन्त हुन् । रामशरण भण्डारीको १० करोड १८ लाख ६५ हजार ८०० रुपैयाँ बराबरको सेयर छ । दलबहादुर भण्डारीको ३१ लाख ५० हजार, प्रेमबहादुर भण्डारीको ३ करोड, रामकृष्ण भण्डारीको २ करोड ५० लाख रुपैयाँ सेयर लगानी रहेको छ ।

ह्याम्स होल्डिङ प्रालिको ३ करोड ४७ लाख १६ हजार ३०० रुपैयाँ लगानी छ । त्यस्तै, आमोदनाथ प्याकुरेलको स्वामित्वमा ९ लाख ८० हजार ६००, सिन्धिमा घिमिरेको ११ लाख ६५ हजार ६००, गोविन्दप्रसाद शर्माको १ लाख ६३ हजार ३०० रुपैयाँ सेयर लगानी छ ।

Share News