नेपालीको बार्षिक आम्दानी १२१०० डलर ! २२ सय किलोमिटर रेल

<p>काठमाडौं । २५ बर्षपछि अर्थात बि.स. २१०० मा नेपालीहरुको औषत बार्षिक आम्दानी १२१०० डलर पुग्ने महत्वकांक्षी लक्ष्य निर्धारण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दिर्घकालिन सोँचमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १२ हजार एक सय डलर पुग्ने प्रक्षेपण गरिएको हो नेपाललाई आगामी २५ बर्षभित्र विकसित मुलुक बनाईसक्ने लक्ष्य तय गरिएको दिर्घकालिन सोँचमा १०.५ प्रतिशतको औषत [&hellip;]</p>

काठमाडौं । २५ बर्षपछि अर्थात बि.स. २१०० मा नेपालीहरुको औषत बार्षिक आम्दानी १२१०० डलर पुग्ने महत्वकांक्षी लक्ष्य निर्धारण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दिर्घकालिन सोँचमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १२ हजार एक सय डलर पुग्ने प्रक्षेपण गरिएको हो नेपाललाई आगामी २५ बर्षभित्र विकसित मुलुक बनाईसक्ने लक्ष्य तय गरिएको दिर्घकालिन सोँचमा १०.५ प्रतिशतको औषत आर्थिक वृद्धि दर हासिल गर्ने भनिएको छ ।

दिर्घकालिन सोँचमा ३३ हजार राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग, २ हजार फास्ट ट्रयाक, २ हजार २ सय किलोमिटर रेलमार्ग बनाईसक्ने भनिएको छ । त्यस्तै, शतप्रतिशत नागरिकले ३० मिनेटको दुरी पार गरेपछि सडक सञ्जालमा जोडिने लक्ष्य पनि समावेश गरिएको छ ।

सो अवधीमा ४० हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने, वेरोजगारीलाई ३ प्रतिशतमा झार्ने, निरपेक्ष गरिबीको संख्या शुन्यमा झारिसक्ने लक्ष्य तय भएको छ ।
२५ बर्षपछि नेपालीको औषत आयु ८० वर्ष पुग्नेछ भने मानव विकास ०.७६० अंक ल्याउने लक्ष्य निर्धारण गरिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिर्घकालिन सोँचको कार्यान्यवनले नेपाल उच्च आय भएको मुलुकमा स्तरोन्नति हुने बताए । ‘बि.स. २१०० मा नेपाल उच्च आय भएको मुलुकमा रुपमा स्थापीत भैसक्नेछ, हामीले त्यसै अनुसारका कार्ययोजना बनाएका छौं’, उपाध्यक्ष कँडेलले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भने आगामी २५ बर्षसम्म दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न अर्थतन्त्रको चालक के हुने भन्ने प्रश्न गरे । उनले उर्जा, पर्यटन, कृषि, उद्योग, पूर्वाधार वा अन्य कुन क्षेत्रको प्रमुख योगदानमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुने हो सो एकिन हुनुपर्ने बताए ।‘दोहोरो अंकको आर्थिक वृद्धिदरको ड्राइभर के हुने हो, त्यसको एकिन हुनु आवश्यक छ’, मन्त्री खतिवडाले भने ।

Share News