चुक्ता पूँजी धेरै भएका २१ ठूला कम्पनीमा हाइड्रो क्षेत्रको बर्चश्व, कस्को चुक्ता पूँजी कति ?

<p>काठमाडौँ । चुक्ता पूँजीका हिसावले बैंकिङ क्षेत्र बाहेक नेपालका २१ ठूला कम्पनीमध्ये संख्यात्मक रुपमा जलबिद्युत क्षेत्रका कम्पनीको बर्चश्व देखिएको छ । ठूला २१ वटा कम्पनी मध्ये १५ वटा हाइड्रो, २ वटा बीमा, २ वटा सिमेन्ट र दूरसञ्चार र पेट्रोलियमसँग सम्बन्धित १-१ वटा कम्पनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार [&hellip;]</p>


काठमाडौँ । चुक्ता पूँजीका हिसावले बैंकिङ क्षेत्र बाहेक नेपालका २१ ठूला कम्पनीमध्ये संख्यात्मक रुपमा जलबिद्युत क्षेत्रका कम्पनीको बर्चश्व देखिएको छ । ठूला २१ वटा कम्पनी मध्ये १५ वटा हाइड्रो, २ वटा बीमा, २ वटा सिमेन्ट र दूरसञ्चार र पेट्रोलियमसँग सम्बन्धित १-१ वटा कम्पनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार २४ अर्ब ७५ करोड चुक्ता पूँजी भएको एसजेवीएन अरुण ३ पावर डेभलमेण्ट कम्पनी सबैभन्दा ठूलो कम्पनी हो । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने यो कम्पनी भारतीय हाइड्रोपावर कम्पनीको मुख्य लगानी रहेको कम्पनी हो ।

त्यसैगरी नेपाल सरकार र सर्वसाधारण समेतको लगानी भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (साविकको जलविद्युत् लगानी तथा विकास कम्पनी) २२ अर्ब चुक्ता पूँजीसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ ।

त्यस्तै, सरकारी लगानीको नेपाल टेलिकम १५ अर्ब चुक्ता पूँजीसहित तेश्रो ठूलो कम्पनी हो । दूरसञ्चार क्षेत्रको विकास बिस्तारमा महत्वपूर्ण योगदान दिएको नेपाल टेलिकम धेरै कारोबार गर्ने कम्पनी मध्येमा पनि टप टेन भित्र पर्छ ।

यी हुन् धेरै चुक्ता पुँजी भएका २१ कम्पनी

Share News