शेयरको उतारचढाव मंगलबारदेखि थप खुकुलो, अनलाइन प्रयोगकर्ता ८ प्रतिशत मात्र

<p>काठमाडौं । दैनिक ५ प्रतिशत भन्दा बढी घटबढ हुनै नसक्ने शेयर बजार परिसूचक मंगलबारदेखि खुकुले हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले बजारको कारोबार र सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष बनाउने भन्दै सर्किट ब्रेकरसम्बन्धी नीति परिमार्जन गरेसँग अब दैनिक ६ प्रतिशतसम्म शेयरको घटबढ हुन सक्ने भएको हो । त्यस्तै पहिलो १ घण्टाभित्रै ४ प्रतिशतसम्मको घटबढ हुन [&hellip;]</p>

काठमाडौं । दैनिक ५ प्रतिशत भन्दा बढी घटबढ हुनै नसक्ने शेयर बजार परिसूचक मंगलबारदेखि खुकुले हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले बजारको कारोबार र सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष बनाउने भन्दै सर्किट ब्रेकरसम्बन्धी नीति परिमार्जन गरेसँग अब दैनिक ६ प्रतिशतसम्म शेयरको घटबढ हुन सक्ने भएको हो । त्यस्तै पहिलो १ घण्टाभित्रै ४ प्रतिशतसम्मको घटबढ हुन सक्नेछ । यदि पहिलो घण्टामा ४ प्रतिशत मूल्य घट्ने वा बढ्ने भयो भने २० मिनेटको लागि कारोबार बन्द हुनेछ । यसअघि पहिलो १ घण्टामा ३ प्रतिशत उतारचढाव हुँदा १५ मिनेटका लागि बजार बन्द गरिन्थ्यो ।

त्यस्तै बजारमा कारोबार बन्द भई पुनः बजार खुलेको १ घण्टामा फेरि अर्को १ प्रतिशत घटबढ भएर ५ प्रतिशतको घटबढ भयो भने अर्को २० अर्को ४० मिनेट कारोबार बन्द हुने व्यवस्था गरिएको छ । यसअघि यस्तो घटबढ ३ प्रतिशतबाट बढेर ४ प्रतिशत पुग्यो भने आधा घण्टा बजार बन्द गरिन्थ्यो ।

दोस्रो पटक बजार बन्द भएर खुलेको बजार पुनः पहिलेकै अनुसार घट्ने वा बढ्ने भइरह्यो भने ६ प्रतिशत घटबढ भएपछि भने सा दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ । यसअघि दोस्रोपटक बन्द भएर कारोबार सुरु भएको अवस्थामा उचारचढाव कायमै रही ४ प्रतिशतबाट ५ प्रतिशत पुगेमा बजार बन्द हुने व्यवस्था थियो ।

किन चाहिएको थियो परिमार्जन ?

अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार र मुद्रा बजारमा देखिएका समस्या समाधान गर्न गठित समितिले दिएको सुझावको प्रभाव हो यो अहिलेको परिवर्तन । सो समितिले हाल नेप्सेको सर्किट ब्रेकर प्रणालीलाई समानुकुल बनाउने भन्दै धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने कामको रुपमा सुझाव दिएको थियो । सोही सुझावअनुरुप नेप्सेले आफूलाई प्राप्त निर्देशनहरुको कार्यान्वयन गर्ने सन्दर्भमा अध्ययन गर्न आन्तरिक रुपमा समिति गठन गरेको थियो । सोही समितिको सिफारिस अनुसार यो संशोधन गरिएको थियो । यद्यपि नयाँ सर्किट ब्रेकर प्रणाली अन्तराष्ट्रिय मापदण्ड अनुरुप हो कि हैन भने भन्न नसकिने एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा पनि एउटै किसिमको सर्किट ब्रेकर प्रणाली कार्यान्वयनमा छैन । न्यूयोर्क स्टक एक्सचेञ्जमा एकैदिन २० प्रतिशतसम्म मूल्यको उतारचढाव हुनसक्छ, हामीले धितोपत्र बोर्डको निर्देशन र समितिले दिएको सुझावअनुसार नयाँ प्रणाली कार्यान्वयनमा ल्याएका हौं ।’ उनले विकासन्यूजसँग भने ।

अनलाइन प्रयोगकर्ता ३५ सय नाघे

नेप्सेले बजारमा ३५ सय भन्दा बढीले अनलाइन कारोबारका लागि लइन र पासवर्ड लिएको जानकारी दिएको छ । आइतबारसम्म जम्मा ३५५७ जनाले अनलाइन कारोबारका लगइन र पासवर्ड लिएकोमा औसतमा करिब ६०० जनाले उक्त लगइनबाट शेयर कारोबार गर्ने गरेको बताइएको छ । कात्तिक २० गतेदेखि आइतबारसम्म आइपुग्दा जम्मा ३० अर्ब रुपैंया शेयर कारोबार भएकोमा २ अर्ब ५२ करोड रुपैंया बराबरको कारोबार अनलाइनमार्फत् भएको नेप्सेले जनाएको छ, यो ८.४ प्रतिशत हो ।

Share News