काठमाडौँ । फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक ग¥यो ।
ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।
यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट( टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३०, ह्वावे पी ३० प्रोरपी ३० लाईट मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।
ह्वावे पी ३० सिरिज् नेपालभरि नै प्रि–बुकिङ्गको लागि उपलब्ध छ । नेपाली बजारमा ह्वावे पी ३० प्रो को मूल्य १, १९, ९०० रुपैयाँ पर्दछ । ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० र ह्वावे पी ३० लाईटको मूल्य ३९ हजार ९०० रुपैयाँ पर्नेछ । दराज अनलाइनबाट यो फोन प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको जनाइएको छ ।
प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था छ । ह्वावे स्मार्ट स्केल पी३० लाईटको प्रि–बुकिङ्गको साथ आएको छ र ह्वावे फ्रिबड्स पी३० र पी३० प्रोको प्रि–बुकिङ्गको साथ आएको छ । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म उपलब्ध रहनेछ ।