आदि रेमिडिजले ल्यायो छालाजन्य रोगको उपचार लक्षित लुली मलम

<p>काठमाडौँ । छालाजन्य रोग उपचार लक्षित आदि रेमिडिज प्रालिले एण्टी फङग्ल श्रेणीको नयाँ मोलिक्यूल लुली कोनाजोल बजारमा ल्याएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि सल्लाहकार समितिले चालु आवको सम्पन्न हिउँदे बैठकबाट यो नयाँ मोलिक्युलको उत्पादन र बिक्री वितरणलाई अनुमति दिइएको कम्पनीले जनाएको छ । औषधि उत्पादनतर्फ आत्मनिर्भर बन्ने क्रमलाई पछ्याउंदै यस प्रकारको नयाँ उत्पादन बजारमा [&hellip;]</p>


काठमाडौँ । छालाजन्य रोग उपचार लक्षित आदि रेमिडिज प्रालिले एण्टी फङग्ल श्रेणीको नयाँ मोलिक्यूल लुली कोनाजोल बजारमा ल्याएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि सल्लाहकार समितिले चालु आवको सम्पन्न हिउँदे बैठकबाट यो नयाँ मोलिक्युलको उत्पादन र बिक्री वितरणलाई अनुमति दिइएको कम्पनीले जनाएको छ ।

औषधि उत्पादनतर्फ आत्मनिर्भर बन्ने क्रमलाई पछ्याउंदै यस प्रकारको नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका निर्देशक सन्तोष बरालले बताएका छन् । लुली मलम अत्यन्त उपयोगी र गुणवत्ता युक्त औषधि भएकोले सबैको मन जित्न सफल हुने कम्पनीको दाबी छ ।

छालामा देखा पर्ने दाद, चिलाउने जस्ता रोगको उपचारमा कम्पनीले यस अघि विभिन्न ५ प्रकारका मलम औषधि बजारमा ल्याइसकेको छ । लुली एण्टी फङग्ल अन्तर्गत पर्ने उसको छैटौँ उत्पादन हो ।

हालसम्म यस प्रकारका औषधि आयातमा निर्भर हुँदै आएको छ । नेपाली बजारमा एण्टी फङग्ल औषधिको वार्षिक बजार कारोबार करिब दुई सय करोडको हुने गर्दछ । जसको ७५ प्रतिशत बजार हिस्सा आयातित औषधिले ओगट्ने गरेको छ ।

नेपाली ब्राण्डको बजार आकार मात्र २५ प्रतिशतमा सीमित छ । नेपालका सञ्चालित औषधि उद्योग मध्ये एण्टी फङग्ल तर्फ आएका ब्राण्डको बजार प्रवेश सुरुवात चरणमा छ । जसको कुल वार्षिक कारोबार १६ करोड सम्म पुग्ने बजार विज्ञ बताउँछन् ।

Share News