मार्जिन काराेबारमा १७३ कम्पनी अयाेग्य; बीमा र फाइनान्स कम्पनी एउटै परेनन्

<p>काठमाडौं । बजार पुँजीकरणका हिसाबले सूचीकृत दश ठूला कम्पनीमध्ये ४ ओटा कम्पनीहरु नै मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा सबैभन्दा बढी पुँजीकरण भएको नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एनएमबि बैंकका शेयरहरु मार्जिन कारोबारका लागि अयोग्य [&hellip;]</p>

काठमाडौं । बजार पुँजीकरणका हिसाबले सूचीकृत दश ठूला कम्पनीमध्ये ४ ओटा कम्पनीहरु नै मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा सबैभन्दा बढी पुँजीकरण भएको नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एनएमबि बैंकका शेयरहरु मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन् । यी चारओटा कम्पनी गतसाताको उच्च बजार पुँजीकरण भएका दश कम्पनीहरुमा परेका थिए । बाँकी ६ ओटा कम्पनीहरु नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआईशी एशिया बैंक र नेपाल एसबीआई बैंकका शेयरहरु भने मार्जिन कारोबारका लागि योग्य छन् ।

बजारमा सूचीकृत २०४ कम्पनीमध्ये नेप्सेले प्रकाशित गरेको विवरण अनुसार ३१ कम्पनीका शेयर मात्रै माविर्जन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये ११ ओटा वाणिज्य बैंक, ६ ओटा विकास बैंक, ९ ओटा लघुवित्त संस्था, ३ हाइड्रोपावर, ओरेन्टल होटल र नेपाल टेलिकमका शेयरमात्रै कारोबारका लागि योग्य देखिएका हुन् ।

बाँकी १७३ कम्पनीका शेयरहरु भने यसका लागि अयाेग्य देखिएका छन् । जीवनबीमा, निर्जीवन बीमा र फानान्स कम्पनी अन्तर्गत समूहका भने कुनै पनि शेयरको मार्जिन कारोबार हुन नसक्ने भएको छ ।

बजारमा राम्रो कार्यसम्पादन मूल्याङ्कन गरिएका शेयरहरु समेत मार्जिन कारोबारका लागि अयोग्य देखिँदा मार्जिन कारोबारकै औचित्यमाथि प्रश्न उठ्ने भएको छ । पुस महिनाभित्र साधारणसभा गरी दुई बर्षसम्म कम्तीमा १० प्रतिशत लाभांश दिएको कम्पनी मात्रै मार्जिन काारेबारका लागि योग्य हुने व्यवस्था अनुरुप त्यस्तो गरिएको हो । यसले कम्पनीहरुलाई वित्तीय सुशासन कायम गर्न दबाब सिर्जना गर्ने भए पनि हालको लागि भने यसले मार्जिन काराेबारप्रतिकाे उत्साह कम गराउँछ ।

Share News