२ वर्षभित्र सामसुङलाई जित्ने हुवावेको अठोट, ‘अमेरिकी प्रतिबन्धले रोकेन व्यापार र नाफाको वृद्धि’

<p>सेन्जेन (चीन) । संयुक्त राज्य अमेरिकाको प्रतिवन्ध र फाइभजी नेटवर्क विस्तारमा देखिएको सुरक्षाको प्रश्नका कारण दबाबमा परेको चीनको सबैभन्दा ठूलो इलोक्ट्रोनिक कम्पनी हुवावेले यी समस्याका बाबजुद व्यापार र नाफामा उच्च सुधार हासिल गरेको छ । अमेरिकाले हुवावेले आफ्ना सामानहरुमार्फत् अमेरिकी नागरिकहरुको गोप्य सूचना चार्ने गरेको आरोप लगाउँदै हुवावेका सामानहरुको आफ्नो देशमा प्रयोगमा लगाएको प्रतिबन्धको थियो [&hellip;]</p>

सेन्जेन (चीन) । संयुक्त राज्य अमेरिकाको प्रतिवन्ध र फाइभजी नेटवर्क विस्तारमा देखिएको सुरक्षाको प्रश्नका कारण दबाबमा परेको चीनको सबैभन्दा ठूलो इलोक्ट्रोनिक कम्पनी हुवावेले यी समस्याका बाबजुद व्यापार र नाफामा उच्च सुधार हासिल गरेको छ ।

अमेरिकाले हुवावेले आफ्ना सामानहरुमार्फत् अमेरिकी नागरिकहरुको गोप्य सूचना चार्ने गरेको आरोप लगाउँदै हुवावेका सामानहरुको आफ्नो देशमा प्रयोगमा लगाएको प्रतिबन्धको थियो । त्यस्तै बेलायतले हुवावेले विकसित गरेको पाँचौं पुस्ताको इन्टरनेट प्रविधि (फाइभजी)ले साइबर सुरक्षामा चुनौती थप्ने निष्कर्ष निकालेको थियो । यसले गर्दा ११ ओटा देशमा हुवावेले गर्न लागेको नेटवर्क विस्तार असफल भएको थियो ।

यसका बाबजुद हुवावेले २० करिब प्रतिशतको व्यापार वृद्धि हासिल गरेको हो । हुवावे टेक्नोलोजीका अनुसार सन् २०१८ मा हुवावेको वार्षिक आम्दानीमा १९.५ प्रतिशतको वृद्धि देखिएको हो । कुल १०५ अर्ब डलर बराबरको व्यापार प्रगति कायम गर्न सफल भएको हुवावे कम्पनीले यो वृद्धिसँगै हुवावे एक बर्षमै १०० अर्ब भन्दा बढी व्यापार गर्ने पहिलो कम्पनी भएको दाबी गरेको छ ।

व्यापार वृद्धि भएसँगै हुवावेको नाफा समेत बढेको छ । यसको नाफा २५.१ प्रतिशतले वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । व्यापार र नाफा वृद्धिसँगै हुवावेले अनुसन्धान तथा विकासको क्षेत्रमा गर्दै आएको खर्चमा समेत १३.१५ प्रतिशतले वृद्धि गरी १४.८० विलियन डलर पुर्याएको छ ।

‘विश्वव्यापी रुपमै सुरक्षा प्रश्न उठे पनि हुवावेले ५जी विस्तारका लागि ३० ओटा व्यवसायिक करार समेत सम्पन्न गरिसकेको र जसबाट ४० हजार भन्दा बढी स्टेशन निर्माणका लागि प्रविधि पठाइसकिएको जानकारी दिएको छ ।’ हुवावेका अध्यक्ष ग्वाओ पिङले शुक्रबार आफ्नै मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने । सम्मेलनमा अध्यक्ष पिङले बेलायतको साइबर आक्रमणमा हुवावेको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । ‘साइबर सुरक्षाका लागि विश्वव्यापी मापदण्ड चाहिन्छ, हामी हाम्रो नेटवर्कको सुरक्षा सुनिश्चितताबारे सम्बन्धित देशका अधिकारीहरुसँग निरन्तर छलफलमा छौं ।’ उनले भने ।

एक चिनियाँ उद्योग विश्लेषकले पश्चिमी मुलुकहरु साइबर सुरक्षामा अनावश्यक चासो राख्ने र त्यसैमा राजनीति गर्ने दाबी गरे । ‘अमेरिकाको प्रतिबन्धले हुवाबेलाई बलियो बन्दै जाने मार्गमा असर गरेको छैन, मेरो विचारमा हुवावे आफ्नो खोज, अनुसन्धान र व्यपार विस्तारमा अघि बढिरहनेछ ।’

यही वर्षको जनवरी र फेब्रुअरी महिनामा पनि हुवावेले अघिल्लो वर्षको सोही समयको भन्दा व्यापारमा दुई अंकको वृद्धि हासिल गरेको र यो वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशतको वृद्धि लक्ष्य लिएको हुवावेले जनाएको छ । सन् २०१८ मा हुवावेले २० करोड भन्दा बढी स्मार्टफोनहरु बिक्री गरेको जनाएको छ । २०२० सम्म सामसुङलाई जित्दै विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादक कम्पनी बन्ने लक्ष्ये रहेको पनि हुवावेले जनाएको छ ।

Share News