१६ सम्झौता, १७ आवेदन, संसारलाई साक्षी राखेर ‘समृद्धिको उडान’

<p>काठमाडौं । ४० देशका ३ सय भन्दा बढी कम्पनीबाट आएका ७३५ विदेशी र एक सय भन्दा बढी कम्पनी सम्वद्ध ६ सय स्वदेशी लगानीकर्तालाई एउटै थलो उभ्याएर समृद्धिको उडान भर्ने उद्घोष गर्दै २ दिने लगानी सम्मेलन सम्पन्न भएको छ । सरकारी र निजी गरि ७७ वटा परियोजनामा लगानी आव्हान गरिएको सम्मेलनले संसारभरका लगानीकर्तामाझ नेपाललाई उत्कृष्ठ लगानी [&hellip;]</p>

काठमाडौं । ४० देशका ३ सय भन्दा बढी कम्पनीबाट आएका ७३५ विदेशी र एक सय भन्दा बढी कम्पनी सम्वद्ध ६ सय स्वदेशी लगानीकर्तालाई एउटै थलो उभ्याएर समृद्धिको उडान भर्ने उद्घोष गर्दै २ दिने लगानी सम्मेलन सम्पन्न भएको छ । सरकारी र निजी गरि ७७ वटा परियोजनामा लगानी आव्हान गरिएको सम्मेलनले संसारभरका लगानीकर्तामाझ नेपाललाई उत्कृष्ठ लगानी गन्तव्यका रुपमा चिनाउन सफल भएको छ ।

‘नेपाल लगानीका लागि राम्रो गन्तव्य हो भनेर बुझाउनु थियो, त्यसमा सफल भयौं, हस्ताक्षर भएका सम्झौताहरु सुरुवात मात्रै हो, हामीले प्रस्तुत गरेका अधिकांश आयोजनामा लगानीकर्ताले इच्छा देखाएका छन्, हामी यहाँ कुनै बोल कबोल मेला लगाईरहेका थिएनौं, सम्मेलनबाट विश्वस्त बनाउने र त्यसपछि इच्छा व्यक्त गरिएका आयोजनालाई विधिवत ढंगले अघि बढाउने हो ।’ दुई दिने लगानी सम्मेलन सम्पन्न गरेपछि सोल्टी होटलमा सञ्चारकर्मीको घेराभित्र उभिएका अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई हो यो ।

सम्मेलन आयोजना कमिटीका संयोजक अर्थमन्त्री डा. खतिवडाले मात्रै होइन, सदस्य सचिवको जिम्मेवारीमा रहेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समेत सम्मेलन सफल भएको दावी गरे । ‘सम्मेलनमा उत्साहजनक सहभागीता भयो, नेपालले लगानी आकर्षण गर्ने प्रयास गरेको छ, १६ वटामा सम्झौता भयो भने १७ वटा अन्य परियोजनामा आवेदन परेका छन्’, लगानी बोर्डका सिइओ तथा सम्मेलन आयोजक कमिटीका सदस्य सचिव अधिकारीले भने ।

ओली र प्रचण्डको प्रतिवद्धता
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सम्मेलनको समापनमा ‘प्राइम मिनिस्टर इन वेटिङ’ पुष्पकलम दाहालले समापन गरे । ओली र प्रचण्ड दुबैले देशमा समृद्धिको उडान आरम्भ भएकाले लगानी गर्न आग्रह गरेका थिए । दुबै नेताले विदेशी लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित गरिएको घोषणा गरेका थिए ।
निजी क्षेत्रको सहयोगी भूमिका
लगानी सम्मेलन अघि विदेशी लगानीकर्तालाई मात्रै महत्व दिईएको भन्दै असन्तुष्ठ जस्तै देखिएको नेपाली निजी क्षेत्र पनि सम्मेलनमा भने पुरै समय सोल्टी होटलमा देखियो । नेपाल उद्योग बाणिज्य महासंघ अध्याक्ष भवानी राणा, परिसंघ अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठ, महासंघ पूर्व अध्यक्ष सुरज वैद्य, प्रदिप कुमार श्रेष्ठदेखि नयाँ बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारी नितिको खुलेरै प्रसंशा गरे । उद्योगपति विनोद चौधरीले पनि सम्मेलनलाई राम्रो समय दिएका थिए । नयाँ पुस्ताका उदयीमान उद्यमी व्यवसायी चन्द्र ढकाल, अजन श्रेष्ठ, प्रबलजंग पाण्डेहरुको सहभागीता पनि उत्साहप्रद देखिन्थ्यो ।

कति आयो लगानी ?
सम्मेलनका लागि तयार पारिएका ७७ परियोजनामध्ये १६ वटामा हस्ताक्षर नै सम्पन्न भएको छ । त्यस बाहेक अन्य १७ वटा परियोजनामा विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । त्यसरी आवेदन दिईएका आयोजनाहरुको छिनोफानो अप्रिल २० तारिख भित्र गरिसक्ने लक्ष्य बोर्डले तय गरेको छ ।
सम्मेलनमा यातायात पूर्वाधारका ७ वटा, उर्जाएका ४, कृषि पूर्वाधारका ३, शिक्षा र स्वास्थ्यका २ र लजिस्टिक सपोर्टको एउटा आयोजनामा लगानीका लागि आवेदन परेको छ । अप्रिल २० तारिख भित्र लगानीका अन्य मोडालिटीबारे समेत छिनोफानो गर्ने भन्दै १७ वटा परियोजनामा राजश्व समेत तिरेर आवेदन परेको हो ।

Share News