जलश्रोतमा १० खर्बको प्रतिबद्धता आउँछः हाइड्रो विशेषज्ञ प्रधान

<p>काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष तथा हाइड्रो विशेषज्ञ ज्ञानेन्द्रलाल प्रधानले लगानी सम्मेलनबाट जलश्रोतमा १०खर्बको प्रतिबद्धता आउने बताएका छन् । लगानी सम्मेलनका क्रममा शुक्रबार भएको जलविद्युत सम्बन्धी छलफलमा लगानीकर्ताहरुले १० बिलियन डलर भन्दा बढी लगानी आउने बताए । छलफलमा नेपाल, भारत, चीन लगायतका हाइड्रो विशेषज्ञ सहभागी थिए । यसअघिको सम्मेलनमा ८ खर्ब बराबरको [&hellip;]</p>


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष तथा हाइड्रो विशेषज्ञ ज्ञानेन्द्रलाल प्रधानले लगानी सम्मेलनबाट जलश्रोतमा १०खर्बको प्रतिबद्धता आउने बताएका छन् ।

लगानी सम्मेलनका क्रममा शुक्रबार भएको जलविद्युत सम्बन्धी छलफलमा लगानीकर्ताहरुले १० बिलियन डलर भन्दा बढी लगानी आउने बताए । छलफलमा नेपाल, भारत, चीन लगायतका हाइड्रो विशेषज्ञ सहभागी थिए । यसअघिको सम्मेलनमा ८ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

Share News