ओपोको कलर ओएस ६ सार्वजनिक, रोचक फिचर्स र आकर्षक डिजाइन

<p>काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याट फर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केहीबजारमा भर्खरै सार्वजनिक ओपो एफ११ र एफ ११प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृत र एप ड्रअरपनि उपलब्ध गरिएको छ । सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा [&hellip;]</p>

काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याट फर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केहीबजारमा भर्खरै सार्वजनिक ओपो एफ११ र एफ ११प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ ।

हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृत र एप ड्रअरपनि उपलब्ध गरिएको छ ।

सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ ।

न्यून रेखा, नयाँआइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्ने कम्पनीले जनाएको छ ।

Share News