नेपाल लिकर्सले ८ महिनामा बुझायो १ अर्ब ९ करोड अन्तःशुल्क

<p>विराटनगर । नेपाल लिकर्स प्रालिले चालु आर्थिक बर्षको ८ महिना अर्थात फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्म ६३ करोड ८२ लाख अन्तःशुल्क बुझाएको थियो । आन्तरित राजश्व कार्यालय विराटनगरमा अन्तःशुल्क उठेको रकम मध्ये सबैभन्दा बढी [&hellip;]</p>

विराटनगर । नेपाल लिकर्स प्रालिले चालु आर्थिक बर्षको ८ महिना अर्थात फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्म ६३ करोड ८२ लाख अन्तःशुल्क बुझाएको थियो ।

आन्तरित राजश्व कार्यालय विराटनगरमा अन्तःशुल्क उठेको रकम मध्ये सबैभन्दा बढी नेपाल लिकर्सले नै बुझाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कार्यालयले २ अर्ब ८ करोड ६५ लाख अन्तःशुल्क संकलन गरेको छ, त्यसमध्ये नेपाल लिकर्सले नै १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ ।

उद्योगको स्थापना राजेशका स्वर्गीय पिता भक्तवीरसिंह तुलाधर र भारतका उद्योगपति विजय माल्याको संयुक्त साझेदारीमा भएको हो । नेपाल लिकर्सले सिग्नेचर रेड, सिग्नेचर प्रिमियर, म्याकड्वेल नम्बर वान, एन्टिक्विटी ह्विस्की र गोल्डेन ग्रेप ब्रान्डी लगायत उत्पादन गर्दै आएको छ ।

धेरै अन्तःशुल्क बुझाएर सरकारलाई योगदान गरिरहेको नेपाल निकर्सले सामाजिक क्षेत्रमा समेत आफुनो उपस्थिति जनाउदै आएको छ । प्रालिका कर्पोरेट महाप्रबन्धक कमल सिटौलाले सामाजिक क्षेत्रमा समेत विभिन्न योगदान पुर्याइरहेको बताए । उद्योगले प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन, सुनसरीको इटहरीमा मदन भण्डारी मेमोरियल गोल्डकपको सह-प्रायोजन लगायत खेल र सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको सिटौलाले बताए ।

 

Share News