रिचार्जरको अफर, होलीको अवसरमा १ रुपैयाँमा टिसर्ट !

<p>काठमाडौँ । मोबाइलएप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने [&hellip;]</p>

काठमाडौँ । मोबाइलएप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २०० क्यास व्याकसहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास ब्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।

नेपालीहरुको हरेक दिनलाई सहज बनाउनका लागि ल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फङसन अर्थात मल्टिफङसनिङ एप हो । एउटै एपबाट सामानकिन्नका साथै अरु विभिन्नकिसिमका सेवाहरु पाउन सकिन्छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा डेढ दर्जन बैंकको इ बैंकिंग, इसेवालगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ ।

Share News