यातायात व्यवसायीको बैंक खाता खुला, राज्यकोषमा आउने रकम मन्त्रीले व्यवसायीलाई नै जिम्मा लगाए

<p>काठमाडौं । यातायात व्यवसायीको बैंक खाता खुला भएको छ । बैशाख २४ गते बन्द भएको देशभरका २४५ यातायात व्यवसायीको बैंक खाता १० महिनापछि खुला भएको हो । सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने निर्णय गरेसँगै आन्दोलनमा होमिएका व्यवसायीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गरिएको थियो । व्यवसायीहरुको बैंक खाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा खुलेको [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायीको बैंक खाता खुला भएको छ । बैशाख २४ गते बन्द भएको देशभरका २४५ यातायात व्यवसायीको बैंक खाता १० महिनापछि खुला भएको हो । सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने निर्णय गरेसँगै आन्दोलनमा होमिएका व्यवसायीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गरिएको थियो । व्यवसायीहरुको बैंक खाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा खुलेको हो ।

व्यवसायीको खाता खोल्न राष्ट्र बैंकले स्वीकृति दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले स्वीकार गरे । पौडेलले केहि व्यवसायीको खाता खोल्नको लागि प्रस्ताव आएको र सोहि बमोजिमको खुला गर्न निर्देशन दिएको बताए ।

मैले आफ्नो समितिमा रहेको २ लाख रुपैंया झिकिसकेको छु नाम नबताउने शर्तमा एक व्यवसायीले भने–लगभग सबै व्यवसायीले बैंकबाट रकम झिकिसेका छन् । बैंकबाट रकम झिक्नका लागि मन्त्रालयले जिल्ला प्रशासन मार्फत व्यवस्था गरेको थियो । तर, सो प्रणालीबाट धेरै रकम भिक्न नमिल्ने भएपछि व्यवसायीहरु हच्किएका थिए ।

बैंक खाता खोल्न व्यवसायीले यातायात मन्त्री रघुवीर महासेठसँग निरन्तर दबाब दिएका र सो कार्य सफल भएको बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले खाताबाट रकम झिक्न सहज भएको स्वीकार गरे । कर्मचारी, घरभाडा, घाइते उपचारको लागि बैंक खाता बन्द हुँदा समस्या भएको उनले बताए ।

देशभर २४५ भन्दा बढी व्यवसायीहरु रहेका छन् । मन्त्रालयले समितीहरुलाई कम्पनी मोडेलमा आउन दोस्रो पटक समय थपेको छ ।

रोक्का गरिएको रकम राज्य कोषमा आउने सक्थ्यो !
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका २४५ वटा यातायात व्यवसायीको रकम सरकारले सरकारले आफ्नो राज्यकोषमा जम्मा गर्न सक्ने थियो । सरकारले संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायीहरुको बैंक खातामा रहेको रकम राज्य कोषमा ल्याउन सक्थ्यो ।

ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ ।

यस दफा अनुसार यातायात व्यवसायीको नविकरण नहुँदा सिधै विघटन हुने थियो। व्यवसायीले गरेको बन्दलाई सरकारले विधान विपरितको कार्य भनी प्रमाणित गर्ने आधार थियो ।

कम्पनी मार्फत व्यवसायीहरु कम्पनीको रुपमा दर्ता हुँदा त्यो व्यक्तिको नाममा दर्ता हुने भएकोले व्यक्तिको नाममा दर्ता भएको कम्पनीलाई खातामा रहेको रकम दिन मिल्दैन । यसैका व्यवसायीले कम्पनी मोडेलमा नगई खाता खुलाउन निरन्तर प्रयास गरेका थिए ।

Share News