एनसेलसँग ६४ अर्ब कर असुल्न सर्वाेच्चको आदेश

<p>काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले एनसेलसँग लाभकर असुल्न आदेश दिएको सर्वाेच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतिले विकासन्युजलाई जानकारी दिए । एनसेलको सेयर स्वामित्व खरिद बिक्रि वापतको पुँजीगत लाभकर असुल्न सर्वाेच्चले आदेश दिएको हो । सो वापत एनसेलले अब ६४ अर्ब रुपैंयाँ पुँजीगत [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले एनसेलसँग लाभकर असुल्न आदेश दिएको सर्वाेच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतिले विकासन्युजलाई जानकारी दिए ।
एनसेलको सेयर स्वामित्व खरिद बिक्रि वापतको पुँजीगत लाभकर असुल्न सर्वाेच्चले आदेश दिएको हो । सो वापत एनसेलले अब ६४ अर्ब रुपैंयाँ पुँजीगत लाभकर तिर्नुपर्छ ।

एनसेलको ८० प्रतिशत सेयर टेलियासोनेरा कम्पनीबाट मलेसियन आजियटा कम्पनीले खरिद गरेको थियो । सो खरिद बिक्रि वापतको पुँजीगत लाभकर असुल्न सर्वाेच्चले आदेश दिएको हो ।

एनसेलले ७२ अर्ब मुनाफामध्ये ४० अर्ब रुपैंयाँ लगिसकेको छ भने ३२ अर्ब नेपालमै रहेको छ । कर असुली प्रक्रियाका लागि ठुला करदाता कार्यालयले एनसेलको सम्पति दायित्व मूल्यांकन(डिडिए) गरिरहेको छ ।

यस अघि सर्वाेच्च अदालतकै अन्तरिम फैसलाका आधारमा एनसेललाई लाभांश लैजाने अनुमति दिईएको थियो । कामु गभर्नरको जिम्मेवारी रहेका चिन्तामणी शिवकोटीले अदालतको अन्तरिम आदेशकै भरमा एनसेललाई १२ अर्ब ५४ करोड लाभांश लैजाने अनुमति दिएका थिए ।

Share News