साढे ४ हजार सहकारीले प्रयोग गर्छन् ‘कोपोमिस सफ्टवेयर’, रोक्यो त अनियमितता ?

<p>काठमाडौँ । सहकारी संस्थाहरुमा हुने अनियमितता रोक्न सहकारी विभागले शुरु गरेको &#8216;कोपोमिस&#8217; सफ्टवेयर प्रभावकारी भएको छ ।नियमनकारी निकाय र सहकारी संस्था दुबैको सहजताका लागि एकवर्ष अघिबाट सो सफ्टवेयरको प्रयोग शुरु गरिएको हो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीका अनुसार अहिले देशभरका साढे ४ हजार सहकारीले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । देशभरका सहकारीहरु बिस्तारै प्रविधिको [&hellip;]</p>


काठमाडौँ । सहकारी संस्थाहरुमा हुने अनियमितता रोक्न सहकारी विभागले शुरु गरेको ‘कोपोमिस’ सफ्टवेयर प्रभावकारी भएको छ ।नियमनकारी निकाय र सहकारी संस्था दुबैको सहजताका लागि एकवर्ष अघिबाट सो सफ्टवेयरको प्रयोग शुरु गरिएको हो ।

सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीका अनुसार अहिले देशभरका साढे ४ हजार सहकारीले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । देशभरका सहकारीहरु बिस्तारै प्रविधिको पहुँचमा पुगिरहेको सहकारी विभागको सो तथ्याङ्कले देखाएको छ ।

रजिस्ट्रार कार्कीका अनुुसार-‘कोपोमिस सफ्टवेर’ले सहकारीका प्रतिवेदन पठाउन मात्रै सहयोग गर्ने नभई यसले बेला बखतमा हुने गरेका अनियमितताको अन्त्य गर्न पनि मद्दत पुर्याउँदछ । सफ्टवेयरले पारदर्शितामा मद्दत गर्ने उनले बताए ।

किन आवश्यक छ त कोपोमिस ?
सहकारी क्षेत्रलाई प्रविधि मैत्री बनाउन कोपोमिसको आवश्यकता सहयोगी हुन सक्छ । सो सफ्टवेयरबाट एकिकृत डाटा बेस तयार पार्ने झन्झटबाट मुक्ती पाउन सकिन्छ । नियमनकारी निकायलाई अनलाईन प्रणाली मार्फत प्रतिवेदन पेश गर्न सकिन्छ । २०७२ सालबाट सहकारीमा यो सफ्टवेर प्रयोग गर्ने भनिएपनि २०७४/७५ बाट मात्रै औपचारिक सुरुवात भएको हो । यो सफ्टवेयर प्रयोग गर्न सहकारी विभाग प्रशिक्षण केन्द्र तथा केन्द्रीय सहकारी संघले तालिम प्रदान गर्दै आएका छन् ।

सहकारी संस्थाका सदस्य महिला पुरुषको संख्या थाहा पाउन, बचत तथा ऋणका बारेमा समेत सफ्टवेयरबाट थाहा पाउन सकिने सहकारी विभागले जनाएको छ ।

कोपोमिस सफ्टवेयर प्रयोगका लागि अहिलेसम्म साढे ४ हजार संस्थाले पासवर्ड तथा यूजरनेम लिएका छन् । ७६१ वटा नियमनकारी निकायले पासवर्ड लिएका छन् । ७५३ स्थानीय तह र सातै प्रदेशमा सफ्टवेयर पुगेको छ ।

सहकारी संस्थाले साधारण सभाको वार्षिक विवरण तथा निर्वाचन सम्बन्धी जानकारी सफ्टवेयर प्रयोग गरेर अनलाईनमा पठाउन सक्छन् । मासिक वित्तीय विवरण तथा नयाँ सदस्यको बारेमा थाहा पाउन सफ्टवेयर सहयोगी हुन्छ । सहकारी संस्थाका सदस्य महिला पुरुषको संख्या थाहा पाउन, बचत तथा ऋणका बारेमा समेत सफ्टवेयरबाट थाहा पाउन सकिने सहकारी विभागले जनाएको छ ।

एउटै स्थानीय तहमा एकै प्रकृतिको बचत एक व्यक्तिले १ भन्दा बढी ठाउँमा गर्न नपाउने व्यवस्था छ । सोही अनुरुप कार्ययोजना बनाएर सहकारी विभागलाई काम गर्न सहज बनाउन आवश्यक क्रियाकलापको निरीक्षणमा सफ्टवेरको योगदान दिनेछ ।

पछिल्लो समय सफ्टवेरको प्रयोग बाध्यकारी भएको छ । काठमाडौ महानगरपालिकामा१९ सय संस्थाले सफ्टवेयरको प्रयोग गरेको पाईन्छ । सफ्टवेयर सञ्चालनका लागि विभागले २४ वटा तालिम सम्पन्न गरेको छ । तालिममा ५० करोड भन्दा माथिको कारोबार गर्ने २३ सहकारी संस्थाले समेत सहभागिता जनाएका छन् ।

Share News