कल्याणकारी कोषमा जम्मा भयो २४ करोड, कुन बैंक तथा वित्तीय संस्थाले कति बुझाए ?

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको राष्ट्रियस्तरको कल्याणकारी कोषमा २४ करोड जम्मा भएको छ । पुस २५ गतेदेखि हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थाले मात्र सो रकम कोषमा बुझाएका हुन् । प्रत्येक आर्थिक बर्षको अन्त्यसँगै कम्पनीहरुले बोनश वितरण गरेपश्चात बाँकी रहेको रकमको ३० प्रतिशत राष्ट्रियस्तरको कल्याणकारी कोषमा बुझाउनु पर्ने हुन्छ । [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको राष्ट्रियस्तरको कल्याणकारी कोषमा २४ करोड जम्मा भएको छ । पुस २५ गतेदेखि हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थाले मात्र सो रकम कोषमा बुझाएका हुन् ।

प्रत्येक आर्थिक बर्षको अन्त्यसँगै कम्पनीहरुले बोनश वितरण गरेपश्चात बाँकी रहेको रकमको ३० प्रतिशत राष्ट्रियस्तरको कल्याणकारी कोषमा बुझाउनु पर्ने हुन्छ । सोही प्रावधान अनुसार सो रकम कोषमा बुझाइएको हो । गत पुस २५ गतेदेखि हालसम्म १० वटा कम्पनीले २४ करोड २९ लाख ११ हजार रुपैयाँ कोषको सचिवालयमा जम्मा भएको छ ।

यसरी कोषमा नागरिक लगानी कोषले पुस २७ गते ६४ लाख ८६ हजार ८ सय २६ रुपैयाँ बुझाएको छ । त्यसैगरी तिनाउँ विकास बैंकले पुस २८ गते १ लाख ३५ हजार ८ सय ३८ रुपैयाँ बुझाएको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले माघ २ गते ५ लाख ६२ हजार ६ सय ९१ रुपैयाँ सचिवालयले जनाएको छ ।

ग्लोबल आईएमई बैकले माघ २ गते ३ करोड ८३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बुझाएको छ भने यसरी नै सिद्धार्थ बैकले माघ ७ गते ५ करोड ५ लाख ८८ हजार ९ सय २७ रुपैयाँ बुझाएको छ । यता, हायात रिजेन्सी होटलले माघ ७ गते १८ लाख ७३ हजार ३१ रुपैयाँ बुझाउँदा अग्नी इन्कर्पोरेट प्रालिले माघ १४ गते ५ करोड ९५ लाख १४ हजार ८ सय ५० रुपैयाँ बुझाएको छ ।

सञ्चालनमा रहेका सबै कम्पनीले बोनश वितरण गरेर बचेको रकमको ३० प्रतिशत हिस्सा कल्याणकारी कोषमा बुझाउनु पर्ने हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाभन्दा बाहेकले सो नियमको पालना गरेका छैनन् ।

नेपाल एसबिआई बैंकले माघ १४ गते ४ करोड ६४ लाख ६९ हजार २ सय ५६ रुपैयाँ बुझाएको छ भने हिमालयन बैंकले माघ १४ गते ३ करोड ५९ लाख ८० हजार ४ सय ६० रुपैयाँ बुझाएको छ । यसैगरी राष्ट्रिय सहकारी बैंकले गत माघ १४ गते २९ लाख ५१ हजार ३ सय ७८ रुपैयाँ बुझाएको छ ।

राष्ट्रियस्तरको कल्याणकारी कोषकी कार्यक्रम तथा योजना अधिकृत गंगा केसीका अनुसार-‘सञ्चालनमा रहेका सबै कम्पनीले बोनश वितरण गरेर बचेको रकमको ३० प्रतिशत हिस्सा कल्याणकारी कोषमा बुझाउनु पर्ने बताइन् । तर, बैंक तथा वित्तीय संस्थाभन्दा बाहेकले सो नियमको पालना गरेका छैनन् ।

यसरी रकम बुझाउन ढिलाई गरेमा ५ हजार रुपैयाँसम्म जरिवानाको गर्ने व्यवस्था छ । साथै, अधिकृत केसीले नाफा कमाएर बोनस वितरण गर्ने कम्पनीहरुको हकमा यो नियम लाग्ने भएपनि हालसम्म कसैलाई सजाय नभएको उल्लेख गरिन् । कानूनी प्रावधान पालना नहुँदा कल्याणकारी कोषले सूचना मार्फत सचेत गराउँदै आएको छ । कल्याणकारी कोषमा जम्मा भएको रकम सामाजिक सुरक्षा कोषमा पठाइने बताइएको छ ।

रकम संकलनमा समस्यापछि राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले पुस २५ गते बोनस नियमावली सम्बन्धी सूचनालाई जारी गरेको हो । सो सूचनामा उल्लेख भए अनुसार बोनस नियमावली २०३९ को नियम १२ ले प्रतिष्ठानले बोनस वितरण गरेको विवरण सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा एक हप्ता भित्र पठाउनु पर्ने उल्लेख गरेको छ । साथै, १ महिना भित्र बोनस ऐनको दफा १३ बमोजिम ३० प्रतिशत रकम राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने उल्लेख गरेको पाईन्छ ।

Share News