देशभर होमस्टे क्रेज: घलेगाउँ चर्चित बन्दै, काँठ क्षेत्रमा मात्रै ५३ होमस्टे

<p>काठमाडौं । मौलिक घरलाई नै मिनी होटलको रुपमा विकास गरी होमस्टे सञ्चालन गर्ने क्रेज बढ्दै गएको छ । घरैमा पाहुनालाई स्वागत गर्ने गरी बनाएको संरचना देशभर बढ्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न गाँउमा होमस्टे सञ्चालन गर्ने परिपाटी बढ्दै गएको छ । होमस्टे सञ्चालनबाट स्थानीय बासिन्दालाई रोगजारीको साथसाथै आम्दानीको राम्रो स्रोत [&hellip;]</p>

काठमाडौं । मौलिक घरलाई नै मिनी होटलको रुपमा विकास गरी होमस्टे सञ्चालन गर्ने क्रेज बढ्दै गएको छ । घरैमा पाहुनालाई स्वागत गर्ने गरी बनाएको संरचना देशभर बढ्दै गएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न गाँउमा होमस्टे सञ्चालन गर्ने परिपाटी बढ्दै गएको छ । होमस्टे सञ्चालनबाट स्थानीय बासिन्दालाई रोगजारीको साथसाथै आम्दानीको राम्रो स्रोत समेत बन्दै गएको छ । स्थानीय स्तरमा रहेका मौलिक ज्ञान सिपको प्रयोग गरेर नै यो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस व्यवसायमा आकर्षण बढ्दै गएको हो ।

सामुदायिक तथा निजी गरी काठमाडौंमा मात्रै ५३ वटा होमस्टे रहेका छन् । काठमाडौंको काँठ क्षेत्रमा विषेशगरी होमस्टेहरु सञ्चालन भैरहेका छन् । काठमाडौंको शहरी वातावरणबाट फ्रेस हुन् मानिसहरु होमस्टेमा जाने गरेका छन् । उपत्यकामा इचंगु, भ्याली भ्यू, नगरकोट, बज्रयोगिनी, ब्लु माउन्टेन, शेर्पा, हाम्रो घर, कान्तिपुर हेरिटेज, सेसन, बाग्मती नेवारी, नेपाल फ्रेन्ली, नर्थ भ्यू लगायत ५३ भन्दा बढी होमस्टे सञ्चालनमा रहेका छन् ।

होमस्टेमा वास वस्न आउने पर्यटकबाट मनग्य आम्दानी हुने गरेको मनवानपुरको चित्लाङ होमस्टेका एक सञ्चालक सूर्यदास प्रधानले बताए । उनका अनुसार हाल १ जना पर्यटकबाट १२ सय रुपैयाँ लिने गरेका छन् । तर बाटोको सहजता नहुँदा होमस्टे पुग्न असहज हुने गरेको छ । २५ घर सम्मिलित यस होमस्टे हाल ३० बेड क्षमताको रहेको छ । सिजनमा पर्यटकको चाप धान्न नसकेकोले अझै क्षमता विस्तार गर्न लागिएको प्रधानले बताए ।

पर्यटन विभागको तथ्याङ्क अनुसार हाल देशमा होमस्टेको संख्या १०५ वटा रहको छ । तर, चालू आर्थिक वर्षदेखि नै स्थानीय तहमा होमस्टे दर्ता गर्न सकिने भएकाले यसको संख्या बढ्दै गैरहेको छ । विभागको अनुसार ललितपुरमा ९, काभ्रेमा ७, भक्तपुरमा ६, रामेछापमा ५, चितवन ३, प्युठान, धादिङ, नुवाकोटमा २–२ वटा होमस्टे रहेका छन् ।

यसैगरी सप्तरी, उदयपुर, रसुवा, लमजुङ, गोर्खा, मुगु लगायत जिल्लामा होमस्टे सञ्चालमा रहेका छन् । यी होमस्टेबाट दैनिक १ हजार भन्दा बढी व्यक्तिहरुलाई सुविधा दिन सक्नेछ ।

दुई प्रकारका होमस्टे
होमस्टे विषेशगरी २ प्रकारले सञ्चालन भैरहेका छन्ए, उटा सामुदायिक र अर्को निजी  । सामुदायिक होमस्टे विषेशगरी समुदायको मानिसहरु मिलेर खोलिएको हुन्छ भने निजी होमस्टेहरु व्यक्तिको लगानीमा खोलिएको छ । हाल देशभर ६६ वटा सामुदायिक होमस्टे र ३९ वटा निजी होमस्टे रहेका छन् ।

यस्तै, दक्षिणकाली नगरपालिकामा पनि ४ वटा सामुदायिक होमस्टेको सुरुवात भएको छ । एक दिनमा २ सय जनालाई सेवा दिन सक्ने होमस्टेमा फरक स्वादमा स्थानीय परिकार खान पाइने छ ।

चर्चित बन्दै लमजुङ घलेगाउँ
स्मार्ट भिलेजको रुपमा परिचित लम्जुङ घलेगाँउ होमस्टेको एक सफल गाउँ हो । गुरुङ समुदायको बाहुल्यता भएको यस गाँउमा आन्तरिक तथा बाह्य पर्यटटको चहल पहल बढ्दै गएको छ । ३२ घरमा सञ्चालित घलेगाउँ समुद्र सतहदेखि २१ सय मिटरमा अवस्थित रहेको छ । विशेषगरी खशिको सुकुटी, लोकल कुखुरा ढिडो, अग्र्यानिक तरकारी यस ठाउँको विशेषता हो । यस गाउँबाट सुर्योदयको दृष्य हेर्न सकिनुका साथै नजिकबाट हिमाल पनि हेर्न सकिन्छ ।

घलेगाँउबाट करिब १ घण्टा पैदल बाटो हुँदै पुग्न सकिने अर्को भुजुङ गाँउ निकै रमणीय रहेको छ । परबाट हेर्दा घरमाथी घर खापिएको देखिने यस गाउँमा पनि हामस्टे रहेको छ । भिरमा अडिएको गाँउ तल खोलासम्म टारी खेत र झरना यस स्थानको मुख्य आकर्षण हो ।

कुन होमस्टे बस्न कस्लाई सम्पर्क गर्ने ? यहाँ क्लिक गर्नुहोस्

 

Share News