६ महिनामा ५ अर्ब ९५ कराेड रूपैयाँ बराबरकाे कृषि बीमा, बीमा शुल्क संकलन ४२% ले वृद्धि

<p>काठमाडौ । बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दै गएको छ । बीमा समितिका अनुसार बाली तथा पशुपन्छी बीमा गर्नेको संख्या बढ्दै गएको छ । उक्त बीमाकै लागि सरकारले ७५ प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबरकाे बाली [&hellip;]</p>


काठमाडौ । बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दै गएको छ । बीमा समितिका अनुसार बाली तथा पशुपन्छी बीमा गर्नेको संख्या बढ्दै गएको छ । उक्त बीमाकै लागि सरकारले ७५ प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबरकाे बाली तथा पशु बीमा भएकाे छ ।  यस्तै, सोही अवधिमा बीमा शुल्क भने २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको छ । साथै, बीमा लेख संख्या ३५ हजार ५ सय ५५ पुगेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मात्रै बाली तथा पशुपन्छी बीमाङ्क ४ अर्ब ६८ करोड ३० लाख ३९ हजार ६ सय १० रुपैयाँ थियो । दौश्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबर बीमा भएकाे हाे ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ७५ लाख ५० हजार ६ सय ९७ रुपैयाँ बीमा शुल्क संकलन भएको थियो भने दोश्रो त्रैमास पुस मसान्त सम्ममा २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेछ छ । साथै, पहिलो त्रैमासमा बीमालेख संख्या २७ हजार ८ सय १४ रहेको थियो भने दोस्रो त्रैमाससम्म आइपुग्दा वृद्धि भएर ३५ हजार ५ सय ५५ पुगेको छ ।

 पछिल्लो समय देशैभर बीमाका कार्यक्रम सञ्चालन भएकाे,  बीमाको आधारभूत ज्ञान पाउनेहरुले बीमामा सहभागी हुन इच्छुक देखिएकाे बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ  बताउँछन् । तल्लाे तहमा बीमाकाे लाभबारे जानकारी पुग्न थालेकाेले कृषि बीमामा समेत पर्न थालेकाे र पशु तथा बाली धन बीमाको प्रिमियम ४२ प्रतिशतले बढेको उनले जानकारी दिए ।

अध्यक्ष चापागाईँले बीमामा विश्वास रहेको र बीमाप्रति सकारात्मक धारणा फैलदै गएको तर्क गरे । चालु आर्थिक बर्षको सुरुवातमा बीमा समितिले लघु बीमा निर्देशिका जारी गरेको थियो । यसरी निर्देशिका जारी गरेपश्चात बीमाका कार्यक्रममा सहभागिता बढ्दै गएको समितिको बुझाई रहेको छ । सरकारले पनि कृषि तथा पशुधन बाली बीमा गर्दा लाग्ने बीमा शुल्कमा ७५ प्रतिशत अनुदान  दिदै अाएकाे छ ।

Share News