चिनी उद्योगी शशिकान्त अग्रवालले भने-‘हामीलाई २० % नाफा चाहिदैन, ७ % भए पुग्छ’

<p>काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भुसे ईँटा उद्योग र चिनी उद्योगका सम्न्धमा छलफल भएको छ । छलफलका क्रममा चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले उखुको मूल्य बढ्दा चिनीको मूल्य स्वतः बढ्ने बताए । उनले भने-हामीलाई २० प्रतिशत नाफा चाहिदैन, ७ प्रतिशतमात्र सरकारले सुनिश्चित गरिदिए पुग्छ [&hellip;]</p>


काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भुसे ईँटा उद्योग र चिनी उद्योगका सम्न्धमा छलफल भएको छ । छलफलका क्रममा चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले उखुको मूल्य बढ्दा चिनीको मूल्य स्वतः बढ्ने बताए । उनले भने-हामीलाई २० प्रतिशत नाफा चाहिदैन, ७ प्रतिशतमात्र सरकारले सुनिश्चित गरिदिए पुग्छ । छलफलमा कार्यक्रममा सांसद देवेन्द्र पौडेलले उद्योग मन्त्रीले विदेशी चिनी आएको छैन भनुभयो, तर पाकिस्तानी चिनी नेपाली बजारमा कसरी आयो भनी प्रश्न गरे ।

चिनीको कुरा धेरै उठेकाले यसलाई सरकार, उद्योगी, कृषकका संस्थाबीच छलफल गरी यो समस्या अन्त्य गर्न सांसदहरुले कुरा उठाएका थिए । छलफलपछि मन्त्री यादवले योजना आयोगका सदस्यको सहभागितामा चिनीको मूल्य समायोजन गरिने बताए । उनले मुलुकमा चिनीको अभाव नहुने बताए ।

उद्योग समितिका सभापनि बिमल श्रीवास्तवले चिनी उद्योगले उखु किसानलाई दिनु पर्ने भुक्तानी चाँडै दिन निर्देशन दिएका थिए । कुनै उद्योग सञ्चालन गर्न गाह्रो भए सिधै समितिलाई भन्न उनले आग्रह गरे । समितिले चिनीको मूल्य तोक्न मन्त्रीलाई निर्देश गर्यो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकारले मूल्य तोक्न नमिल्ने बताए ।

त्यसैगरी, छलफलका क्रममा आपूर्ति सचिव यमकुमारी खतिवडाले मुलुकभर १२५ वटा भुसे ईँटा उद्योग रहेको तथा ४ वटा मात्र भुसे ईँटा उद्योग आधुनिक तरिकाले सञ्चालन हुन थालेको बताइन् ।

सरकारले २०७४ माघमा भुसे ईँटा उद्योग विस्थापन गरी आधुनिक उद्योग सञ्चालन गर्न उद्योगीलाई निर्देशन दिएको थियो । छलफलमा भुसा व्यवसाय संघका अध्यक्ष पुष्पराज जोशीले आफूहरुको पहुँच नभएको बताए । छलफलमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जो कसैले अख्तियारमा उजुरी हालेपनि भुसे ईँटा उद्योग बन्द नहुने बताए । उनले भने–अख्तियारपनि त आधुनिक तरिकाले चलेको छैन । यसो भन्दा मन्त्री पनि मिल्यो भन्नु होला, तर कुरा त्यस्तो होइन । भुसे ईँटा उद्योग आधुनिक तरिकाले सञ्चालन भइसक्नु पर्ने समय माघ मसान्तसम्म मात्र रहेको छ ।

 

Share News