लगानीकर्ता संरक्षण कोषमा जम्मा भयो १२ करोड, पूँजी बजारको विकासमा खर्च गर्न सकिने

<p>काठमाडौं । लगानीकर्ता संरक्षण कोषमा १२ करोड ६५ लाख ९ हजार ७१६ रुपैयाँ जम्मा भएको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ अनुसर स्थापना भएको कोषमा आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९५ लाख १५ हजार ७२० रुपैंयाँ जम्मा भएको हो । त्यसैगरी चालू आर्थिक वर्षको माघ महिनासम्म १ करोड ६९ लाख ९३ हजार [&hellip;]</p>

काठमाडौं । लगानीकर्ता संरक्षण कोषमा १२ करोड ६५ लाख ९ हजार ७१६ रुपैयाँ जम्मा भएको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ अनुसर स्थापना भएको कोषमा आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९५ लाख १५ हजार ७२० रुपैंयाँ जम्मा भएको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको माघ महिनासम्म १ करोड ६९ लाख ९३ हजार ९९५ रुपैयाँ जम्मा भएको कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्कमा छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले लगानीकर्ता संरक्षण कोषमा पैसा जम्मा भैरहेको बताए ।

लगानीकर्ता संरक्षण कोषमा यो आर्थिक वर्षमा कति कम्पनीबाट कति रकम आयो ?
चालू आर्थिक वर्षमा बोटलर्स नेपाल लिमिटेडको ७९ हजार ९१४, सिटिजन्स् इन्टरनेसनल बैंक लिमिटेडको ४० लाख २८ हजार ९३३ , जनता बैँक नेपाल लिमिटेडको १ करोड १९ लाख ५७ हजार ९७ , सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ५ लाख १ हजार ७३० र हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडको  ८५ हजार ८७२ रूपैयाँ जम्मा भएको छ ।

के हो लगानीकर्ता संरक्षण कोष ?
क. लगानीकर्ताले आइपिओ खरिदका लागि आवेदन दिएको, तर सेयर नपरेको रकममा ५ वर्षसम्म लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको रकम ।

ख. ५ वर्ष सम्मपनि लगानीकर्ताले बुझि नलिएको लाभांशको रकम ।

ग. खण्ड (क) तथा (ख) बमोजिमको रकममा प्राप्त ब्याज, लाभाँश वा अन्य प्रकारबाट बढे बढाएको रकम,

घ. नेपाल सरकार, कुनै दातृ संस्था वा कुनै व्यक्ति वा निकायबाट प्राप्त रकम ।

ङ. अर्थ मन्त्रालयको पूर्व स्वीकृतिमा कुनै बिदेशी दातृसंस्था, व्यक्ति वा निकायबाट प्राप्त हुने रकम ।

कोषको सवै रकम कुनै बाणिज्य बैंकमा छुट्टै खाता खोली राखिनेछ । रकम जम्मा गर्नु भन्दा अगाडि १ महिनाको म्याद दिई उक्त म्याद भित्र सो रकम बुझ्न आउनु भनि राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

कोषको मूल खातामा जम्मा रहेको रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्ने बाहेक अन्य कार्यमा खर्च गर्न नपाउने व्यवस्था छ । तर, मूल खातामा रहेको रकम नमासिने गरी नेपाल राष्ट्र बैंकबाट जारी गरिने ऋणपत्र, कुनै वाणिज्य बैंकको मुद्दती खाता, नागरिक लगानी कोषको एकाङ्क योजना जस्ता ब्याज, लाभाँश वा अन्य आय प्राप्त हुने कार्यमा समितिको निर्णयबाट लगानी गर्न भने पाइनेछ ।

सो रकमबाट पूँजी बजारको विकास तथा बिस्तारको कामपनि गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

Share News