राष्ट्रिय वाणिज्य बैंकको थप तीन शाखा, अब सातवटा प्रदेशमा कार्यालय

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको थप तीन शाखाको विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय बौद्ध शुरू भएकाे छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न. ४ गौरीखाली स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको थप तीन शाखाको विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय बौद्ध शुरू भएकाे छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न. ४ गौरीखाली स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय रुकुमकोटको कारोबारको उद्घाटन भएको छ ।

यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१५ पुगेको छ । स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका व्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ ।

राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने छ । बैंकले गत पुस मसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय/सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

Share News