पूर्वअर्थमन्त्री बिष्णु पौडेलको प्रश्नः एनसेलले लाभकर छल्ने अवस्था कसरी आयो ?

<p>काठमाडौँ । पूर्व अर्थमन्त्री बिष्णु पौडेलले एनसेलले पूँजीगत लाभकर छल्ने अवस्था कसरी आयो भनी प्रश्न गरेका छन् । संसदको अर्थ समितिको आज बैठकमा पूर्व अर्थमन्त्री पौडेलले एनसेलको लाभकर असुल नगरी लाभांश लैजान दिईनु गम्भीर त्रुटी भएको बताए । उनले ठूला करदाता कार्यालयको पत्रका आधारमा अदालतले अन्तरिम आदेश दिएको पनि दावी गरे । कर चुक्ता गरेर [&hellip;]</p>

काठमाडौँ । पूर्व अर्थमन्त्री बिष्णु पौडेलले एनसेलले पूँजीगत लाभकर छल्ने अवस्था कसरी आयो भनी प्रश्न गरेका छन् । संसदको अर्थ समितिको आज बैठकमा पूर्व अर्थमन्त्री पौडेलले एनसेलको लाभकर असुल नगरी लाभांश लैजान दिईनु गम्भीर त्रुटी भएको बताए ।

उनले ठूला करदाता कार्यालयको पत्रका आधारमा अदालतले अन्तरिम आदेश दिएको पनि दावी गरे । कर चुक्ता गरेर मात्रै लाभांश लैजान दिनु पर्नेमा कर प्रशासनले लापरबाही गरेको उनको आरोप छ ।

अदालतको अन्तरिम आदेश कै भरमा लाभांश लान दिनु अर्को लापरबाही भएको पौडेलको भनाई छ । उनले एनसेलको लाभकर छोड्न नसकिने पनि स्पष्ट पारे ।

एनसेलले ६४ अर्व पूँजीगत लाभकर तिर्न बाँकी छ ।

Share News