ऐन संशोधनपछि कम्पनी बन्द गर्न सजिलो, ६७ करोड चुक्तापूँजी भएका २१२ वटा खारेज

<p>काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि २१२ कम्पनी खारेजीमा गएका छन् । ६७ करोड १५ हजार ८ सय चुक्तापूँजी भएका २१२ वटा कम्पनी बन्द भएका हुन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । कम्पनी ऐनको पहिलो संशोधन अनुसार [&hellip;]</p>


काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि २१२ कम्पनी खारेजीमा गएका छन् । ६७ करोड १५ हजार ८ सय चुक्तापूँजी भएका २१२ वटा कम्पनी बन्द भएका हुन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् ।

कम्पनी ऐनको पहिलो संशोधन अनुसार २१२ वटा कम्पनी खारेजी हुँदा चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजी भएका छन् । पुराना कम्पनीलाई चुक्तापूँजीको ०.५ प्रतिशत बुझाउने प्रावधान अनुसार २१२ कम्पनीले सरकारलाई ३ लाख ३५  हजार ७ रुपैयाँ बुझाएका छन् ।

खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्तापूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।

पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने रजिष्टार कार्यालयले जनाएको छ ।

स्थानीय तहदेखी नै चरणबद्ध भएर मन्त्रालयसम्म आइपुग्नु पर्ने भएकाले पनि तत्काल २१२ कम्पनी मात्र खारेजीमा गएका हुन् ।अहिलेसम्म २१२ वटाको मात्रै खारेजीको पत्र आएको कार्यालयले जनाएको छ । कम्पनी खोल्न भन्दापनि बन्द गर्न समस्या हुँदै आएको सरोकारवालाले गुनासो गर्दै आएका थिए । अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठाले स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।

Share News