आनाकाे १० लाखमा किनेकाे जग्गा अहिले कराेड पर्छ, हाेटल व्यवसायमा फाइदासंगै रमाइलाे पनि

<p>एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाह होटल संघ नेपालका महासचिव समेत हुन् । २०४९ सालमा उपसचिवको जागिर छोडेर निजी क्षेत्रको प्रोजेक्ट हुँदै होटल व्यवसायमा लगानी थालेका शाह यस क्षेत्रमा सफलता चुम्दै अगाडि बढिरहेका छन् । उनको लगानीका हाल चार वटा पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । नेपालमा होटल क्षेत्रमा लगानी बढिहेको छ । अन्तर्राष्ट्रिय चेन होटलदेखि [&hellip;]</p>

एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाह होटल संघ नेपालका महासचिव समेत हुन् । २०४९ सालमा उपसचिवको जागिर छोडेर निजी क्षेत्रको प्रोजेक्ट हुँदै होटल व्यवसायमा लगानी थालेका शाह यस क्षेत्रमा सफलता चुम्दै अगाडि बढिरहेका छन् । उनको लगानीका हाल चार वटा पर्यटकस्तरीय होटल सञ्चालनमा छन् ।


नेपालमा होटल क्षेत्रमा लगानी बढिहेको छ । अन्तर्राष्ट्रिय चेन होटलदेखि नेपालमा स्थापित भएको ठूला व्यापारिक घरना यी सबैको ध्यान होटल व्यवसायमा रहेको छ । हुन पनि स्वभाविक हो, नेपालमा राजनीतिक स्थीरता भैसकेपछि यहाँ लगानी बढ्छ । नेपाल दुई ठूला देशहरुको बीचमा रहेको छ । यी देशका साढे दुई अर्ब जनसंख्यालाई मध्यनजर गर्दै व्यवसाय गर्न सकियो भने पनि पर्यटन क्षेत्रको भविष्य राम्रो छ । भारत र चीन दुबै विकसित देश हुन् । त्यहाँका मानिसहरु बिदाको समयमा देशविदेश घुम्न रुचाउँछन् । यो सम्भावना देखेर नै नेपालमा होटल व्यवसायमा लगानीकर्ताहरुको रुचि बढिरहेको छ ।

हाम्रो देश संघीय ढाँचामा गैसकेको छ । ७ वटै प्रदेशले पर्यटन व्यवसायलाई प्रमुख रुपमा अघि बढाएको छ । यो अवस्थामा सेवा क्षेत्रमा लगानी गर्दा सुरक्षित हुने देखिन्छ । हामीले सोचेको भन्दा धेरै राम्रा क्षेत्र मोफसलमा रहेका छन् । यी क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा पर्यटन विकास गर्नु अहिलेको मुख्य चुनौति हो ।

अब हाम्रो मुख्य समस्या के हो भन्दा हाम्रो देशको पूर्वाधार हो । हाम्रो एयरपोर्ट, चीन भारत जोड्ने सडक यी सबै कुरा नहुँदा पर्यटकहरुलाई समस्या परिरहेको छ । हामीले २०२० मा जुन रुपले पर्यटन वर्ष मनाउन गैरहेको छौं । २०१८ मा ११ लाखाको आँकडा छुँदा २०१९ मा ४ देखि ५ लाख थप पर्यटक भित्र्याउन सकिन्छ । २०२० मा २० लाखको आँकडा छुन सकिन्छ । पर्यटक भित्र्याउन हाम्रा लागि विशेष रुपमा विमानस्थलको आवश्यकता पर्छ । यसको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्ने अवस्था रहेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम अघि बढ्नु सकारात्मक कुरा हो । यो छिटो सञ्चालनमा ल्याउन सकिए धेरै उपलब्धी हासिल गर्न सकिन्छ ।

एयरपोर्टको मात्रै व्यवस्था गर्न सकिए २० लाख होइन, अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ । चीन जोड्ने बाटोपनि तयार हुन लागको अवस्थामा हाम्रो पर्यटक वर्षलाई यसले धेरै टेवा पुर्याउने काम गर्दछ । हाम्रो पूर्वाधार ५, ६ वर्षको अवधिमा विकास गर्न सकिए देशमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ । यो सम्भावना देखेर नै लगानीकर्ताहरु यो क्षेत्रमा आकर्षित भैरहेका छन् ।

ग्लामरस क्षेत्र

होटल व्यवसाय रमाई हुन्छ । खुशीका पलहरु धेरै छन् । मानिसलाई स्वागत गर्ने, सत्कार गर्ने । सत्कारसँगै आम्दानीले यो पेशामा खुशी मिल्छ । मैले एयरपोर्ट होटलको संरचना विसं २०६३ सालमा किनेको हुँ । यस होटलले मलाई कयौं गुणा नाफा दिइरहेको छ । अहिले यो ठाउँको आनाको करोड रुपैयाँभन्दा बढी पर्छ । त्यो समयमा मैले आनाको १० लाख भन्दा कम मूल्यमा खरिद गरेको हो । हाेटल व्यवसायबाट पनि फाइदा नै हुन्छ ।

यस क्षेत्रमा प्रत्येक दिन नयाँ अनुभव हुन्छ । हरेक दिन नयाँ पाहुना स्वागत गर्न पाउँदा त्यसले पनि एक किसिमको सन्तुष्टि प्रदान गर्छ । यसले केही न केही नयाँ उर्जा जीवनमा दिन्छ । एउटा रुटिङ भन्ने कुरा नै हुँदैन यो पेशामा । टाइ सुट लगाएर नयाँ पाहुनासँग चिया खाने । यो पेशामा पैसा, ग्ल्यामर, इज्जत सबै कुरा मिश्रित हुन्छ । समग्रमा होटलरलाई समाजमा इज्जत दिइरहेका हुन्छन् । यहाँ लगानी ठूलो हुन्छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीले समाजको उत्पादन र जनशक्तिलाई प्रयोग गरिरहेका हुन्छौं । हामीसँग कपडा उद्योगी, कृषक, बैंक मिडिया सबै जोडिएका हुन्छन् । हाम्रो कारणले यी क्षेत्रले केही न केही आर्थिक उपार्जन गरिरहेका हुन्छन् ।

हाम्रो ब्यूरोकेसीले भने सोचे अनुरुप सहयोग गरिरहेका छैनन् । हामीले ठूलो राजनीतिक फड्को मारिसकेका छौं । ब्युरोकेसी भने पुरानो ढंगबाट चलिरहेका छन् । ब्युरोकेसी परिवर्तन नभइकन जतिसुकै राजनीतिक परिवर्तन गरेपनि देश विकास हुँदैन । ब्यूरोकेसीको मानसिकता अझै परिवर्तन भएको छैन । राजा महेन्द्रको जुन मानसिकता हो सोही मानसिकताबाट अहिले ब्यूरोकेसी चलिरहेको छ ।
उदाहरणको लागि एयरपोर्ट बिस्तारको लागि एशियाली विकास बैंकको ७ अर्ब रुपैयाँ दिन्छु भनेको छ । पैसाको कमी छैन । जुलाई २०१८ मा सकिनुपर्ने काम अझै काम शुरु नै भएको छैन । नेपाल विकास नहुनु एक कारण ब्यूरोकेसी हो । एउटा कानूनी समस्या होला । हाम्रो ब्यूरोकेसीमा एउटा चिनाजानी नगरिकन काम गर्नु महाभारत नै भइसक्यो । कि त ज्याक लगाउनु पर्यो ।

सरकारी जागिर छोडेर व्यवसायमा

म आफैं ब्यूरोकेसीबाट आएको मान्छे हुँ । मैले वाणिज्य मन्त्रालयबाट २०४९ सालमा उपसचिव तहबाट जागिर छोडेको हुँ । म वैदेशिक विभागमा काम गर्थेँ, त्यतिबेला मैले गरिरहेको काम तत्कालीन एक मन्त्रीले अर्को एक आफन्तलाई लगाए । ११ दिनको लागि मेरो ठाउँमा गएको सो व्यक्ति ३ दिनमै फर्कियो किनभने उसँग कार्य अनुभव थिएन । त्यसपछि जर्मनहरु रिसाए । पछि उनीहरुले त्यो प्रोजेक्ट नेपाल जर्मन च्याम्बरबाट अगाडि बढाए । मलाई नै त्यो प्रोजेक्टको नेतृत्व गर्न आग्रह गरे । त्यसपछि मैले सरकारी जागिर छोडेको हुँ ।

म आफ्नो व्यवसायप्रति इमान्दार छु । सन्तुष्टपनि छु । सरकारी जागिर खाँदामा मेरो साथीहरु अहिले रिटायर भैरहेका छन् । उनीहरुले अहिले नातिनातिना खेलाउने काम बाहेक अरु काम पाएका छैनन् । उनीहरु मलाई भन्छन्–तैले गज्जब गरिस् । समय बुझेको रहिछस् ।’
कर्मचारी भएर काम गर्नु र व्यवसाय भएर काम गर्नु तुलना नै गर्न मिल्दैन । मैले अहिले व्यवसाय सञ्चालन गरिरहेको छु । मैले जे चाहे गर्न सक्छु, तर म एउटा उपसचिव स्तरको मान्छे एउटा फाइल तयार गर्यो सहसचिवलाई बुझाउनु पर्यो सहसचिवले सचिवलाई सचिवले मन्त्रीलाई यसरी चक्रमा बस्नुपर्छ । जुन मेरो क्षमता रहेको छ । त्यो क्षमता कर्मचारी भएर शत प्रतिशत उपयोग गर्न सकिदैन । यहाँ त मैले चाहेको ३ दिनमा रिजल्ट निकाल्न सक्छु ।

उद्यमीका गुण

सर्वप्रथम त उद्यमशील हुनका लागि लगनशील हुनुपर्छ । यो कुनै बसिबियालो गर्ने थलो होइन । यसमा इमान्दार भएर काम गर्नु पर्छ । हामीले गरेको काम असफल पनि हुन सक्छ । यसको लागि गहिरो अध्ययन आवश्यक रहेको हुन्छ । हामीले गर्ने व्यवसायिक व्यवहारमा खुल्ला किताब जस्तै स्पष्ट हुनुपर्छ । तत्कालै पैसा कमाउने सोच राखेर गलत काम गर्नु हँुदैन । यस्तो व्यवसाय दीर्घकालसम्म टिक्दैन ।
मेरो विचारमा उद्यमशीलता एउटा आँट हो । सबैले आँट गर्न सक्दैनन् र उद्यमीको महत्व हुन्छ । यो ठाउँमा मैले यति लगानी गरेर यति प्रतिफल प्राप्त गर्छु भन्ने आँट नै उद्यमशीलता हो । भोलि हुन्छ हँुदैन थाहा छैन । मैले यो होटल किन्ने नकिन्ने ५ मिनेटमा निर्णय लिएको हुँ । त्यतिबेला मैले निर्णय लिन नसकेको हो, यो अर्कैले किन्थ्यो । योसहित उपत्यकामा ४ वटा होटल रहेका छन् ।

Share News