
काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाल आयल निगममा अनियमितता गर्ने कसैको स्वास्थ्य ठीक नहुने चेतावनी दिएका छन् ।
निगमको ४९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । सो अवसरमा मन्त्री यादवले भने–’चिनी उद्योगी र आयल निगमले मेरो ज्यान खाइसक्यो ।’ सोही अवसरमा मन्त्री यादवले आयल निगमको ४ अर्ब घाटा मेकअप भइरहेको बताए । उनले भने–’अब तेलको मूल्य घट्छ ।’
यता, सोही कार्यक्रममा आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडलले आफू निगमको उत्थानमा खरो भएर लाग्ने बताए । उनले आफुले निगमका लागि धेरै योजना बनाएको र भाबी दिनमा लागू गर्दै जाने बताए । उनले भने–’निगमका कर्मचारीको सेवा सुबिधा बढाउने र निगममा रहेको कोषको समुचित प्रयोग गर्नेछु ।’

कार्यक्रममा पेट्रोलियम ढुवानी महासंघका सचिव विश्वप्रसाद अर्यालले ६६ प्रतिशत निजी लगानी रहेको निगमले वितरण गर्ने पेट्रोलियम पदार्थको शुद्धताका बारेमा बोलेका थिए ।
