सतर्कता केन्द्रलाई निर्देशन-‘कुन कुन गौरवका आयोजनामा गडबड छ सूचि पठाउनू’

<p>काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरबका आयोजनाहरुको गुणस्तर परीक्षण प्रतिवेदन यथाशीघ्र समितिलाई उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा राष्ट्रिय आयोजनाहरुको विद्यमान अवस्था र अनुगमनका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अतिकृतसँग छलफल गरी यस्तो निर्देशन दिइएको हो । समितिले चालु आर्थिक वर्षमा के कति विकास [&hellip;]</p>


काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरबका आयोजनाहरुको गुणस्तर परीक्षण प्रतिवेदन यथाशीघ्र समितिलाई उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा राष्ट्रिय आयोजनाहरुको विद्यमान अवस्था र अनुगमनका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अतिकृतसँग छलफल गरी यस्तो निर्देशन दिइएको हो ।

समितिले चालु आर्थिक वर्षमा के कति विकास आयोजनाहरुको प्राविधिक परीक्षण गरियो ? त्यसको विवरण समितिलाई उपलब्ध गराउन र के कस्तो कारवाहीका लागि सिफारिस गरियो सो को वितरण समेत समितिलाई उपलब्ध गराउन केन्द्रलाई निर्देश गरिन्छ–समितिको निर्देशनमा उल्लेख छ ।

साथै समितिले राष्ट्रिय गौरब र अन्य विकासका आयोजनाहरुको आरम्भदेखि अन्त्यसम्म विभिन्न चरणमा प्राविधिक परीक्षण गरी निर्माण सामाग्रीहरुको समेत गुणस्तर परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

Share News