साढे २ अर्ब प्रिमियम बाढेर लिँदै बीमा कम्पनी, माघ १ गतेदेखि ‘म्यादी बीमा पुल’

<p>काठमाडौं । बीमा कम्पनीहरुले माघ १ गतेदेखि म्यादी बीमाको बजार बाढेर लिने भएका छन् । बीमा समितिले म्यादी बीमामा देखिएको विकृतिलाई रोक्न &#8216;म्यादी बीमा पुल&#8217; मार्फत काम गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अब म्यादी बीमाको कारोबार गर्ने कम्पनीहरुले बीमा पुल खडा गरेर एकद्धार प्रणाली मार्फत प्रिमियम संकलन र समानुपातिक रुपमा जोखिम वहन [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुले माघ १ गतेदेखि म्यादी बीमाको बजार बाढेर लिने भएका छन् । बीमा समितिले म्यादी बीमामा देखिएको विकृतिलाई रोक्न ‘म्यादी बीमा पुल’ मार्फत काम गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अब म्यादी बीमाको कारोबार गर्ने कम्पनीहरुले बीमा पुल खडा गरेर एकद्धार प्रणाली मार्फत प्रिमियम संकलन र समानुपातिक रुपमा जोखिम वहन गर्नेछन् ।

गत आर्थिक बर्षमा १२ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ५४ करोड ७ लाख ५ हजार ८ सय २७ रुपैंयाँ प्रिमियम संकलन गरेका थिए ।
अब यो प्रिमियम सबै जीवन बीमा कम्पनीहरुले एक बर्षको सोही बीमा पोलिसीमा प्राप्त गरेको प्रिमियमका आधारमा समानुपातिक रुपले प्राप्त गर्नेछन् । ‘माघ १ गतेदेखि म्यादी बीमा पुल मार्फत काम हुन्छ, श्रम कार्यालयहरुमा ३ वटा कम्पनीले मात्रै शाखा राख्न पाउँछन्, बिचौलियाको भूमिका रहन्न, आधिकारीक कर्मचारीले मात्रै पोलिसी बेच्न पाउँछ’, बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

समितिले मंसिर २६ गते नै सबै जीवन बीमा कम्पनीहरुलाई म्यादी जीवन बीमाका लागि श्रम कार्यालयमा एक कम्पनीको एक कार्यालय, कम्प्युटरबाटै बीमा लेख र रसिद जारी गर्नुपर्ने, आधिकारीक व्यक्तिले मात्रै जारी बीमालेख जारी गर्नुपर्ने, बीमालेख जारी गर्ने व्यक्तिले हस्ताक्षर गर्ने बाहेक सबै कुरा कम्प्युटरमै हुनुपर्ने लगायतको व्यवस्गा कार्यान्वयन गर्नु भनेको थियो ।

सोही अनुसार नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको नेतृत्वमा गठन भएको समितिले ३ वटा बीमा कम्पनीले श्रम कार्यालयमा शाखा खोल्ने, सबै बीमा कम्पनीले पालै पाले कर्मचारी खटाउने र प्रिमियम तथा जोखिम बाडेर लिने प्रतिवेदन तयार पारेका हुन् ।
प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुसार बीमा कम्पनीहरुले एक आर्थिक बर्षमा म्यादी जीवन बीमा व्यवसाय वापत प्राप्त गरेको प्रिमियमका आधारमा नयाँ प्रिमियम र जोखिम बाडफाँट गर्ने सहमति भएको बताए ।
‘कम्पनीहरुले एक बर्षमा म्यादी बीमा मार्फत प्राप्त गरेको प्रिमियमका आधारमा नयाँ प्रिमियम र जोखिमको बाडफाँट गर्ने सहमति भएको छ’, प्रमुख कार्यकारी अधिकृत भट्टराईले विकासन्युजसँग भने ।

माघ १ गतेदेखि लागु हुने बीमा पुलले म्यादी बीमालाई थप व्यवस्थित बनाउने पनि भट्टराईले बताए । हाल बिचौलिया मार्फत म्यादी बीमा गराइँदै आएको छ । एउटा पोलिसी बिक्रि गरे वापत २५० रुपैंयासम्म विचौलियाले पाउने गरेका छन् । प्राइम लाइफको करिब ६ सय भन्दा बढी नक्कली पोलिसी बेचेपछि हाल केहि बिचौलिया र कम्पनीका कर्मचारी कानुनको फन्दामा परिसकेका छन् ।

हाल १८ वटा जीवन बीमा कम्पनी छन् । तीमध्ये १३ वटा कम्पनीहरुले म्यादी बीमा पोलिसी बेच्दै आएका छन् । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा यी कम्पनीहरुले ४९ करोड ७ लाख रुपैंयाँ बराबरको म्यादी बीमा पोलिसी बेच्न सफल भएका छन् ।

Share News