अदालतकाे हवाला दिँदै पर्यटन मन्त्रीले फेरि भने- ‘वाइडबडी खरिद प्रक्रिया नियम स‌ंगत छ’

<p>काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले वाइडबडीमा कुनैपनि प्रकारको अनियमितता नभएको दाेहार्याएका  छन् । अदालतको आदेशको हवाला दिँदै अधिकारीले वाइडबडी खरिद प्रक्रिया नियमसंगत रहेको बताएका हुन् । उनले भने, ‘निगम एउटा स्वायत्त संस्था हो । सर्वोच्च अदालतले पनि यो प्रक्रिया ठीक छ भनिसकेको छ । यो खरिद प्रक्रियामा मन्त्रालयको कुनै संलग्नता पनि [&hellip;]</p>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले वाइडबडीमा कुनैपनि प्रकारको अनियमितता नभएको दाेहार्याएका  छन् । अदालतको आदेशको हवाला दिँदै अधिकारीले वाइडबडी खरिद प्रक्रिया नियमसंगत रहेको बताएका हुन् । उनले भने, ‘निगम एउटा स्वायत्त संस्था हो । सर्वोच्च अदालतले पनि यो प्रक्रिया ठीक छ भनिसकेको छ । यो खरिद प्रक्रियामा मन्त्रालयको कुनै संलग्नता पनि छैन ।’

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री अधिकारीले वाइडबडी खरिदमा विराेध गर्नेपर्ति लक्षित गर्दै प्रतिप्रश्न गरे –‘नेपाल वायुसेवा निगमको आन्तरिक र वाह्य उडानको लागि विमान ल्याइएको हो, यो प्रक्रिया ठीक ढंगबाट अघि बढेको छ । देशले आफ्नै ध्वजाबाहक विमान खरिद गर्न खोज्दा किन विरोध गरेको ?’

राजीनामा दिन पत्रकार सम्मेलन गरिएको हल्लाका बाबजुत उनले राजीनामा नदिने स्पष्ठ पारे। ‘जिम्मेवारीबाट भागेर अरुलाई काम पन्छाउने काम गर्दिन’, – अधिकारीले भने । उनले लेखा समितिले मन्त्रालयसँग गत फागुन २३ गते नै विवरण मागेकाे र त्याे बुझाएकाे भन्दै उक्त प्रक्रियाबारे लेखा समितिले केही नभनेकाे दाबी गरे ।

पत्रकार सम्मेलनमा अधिकारीले आफु मन्त्रालयमा आएपछि गरेका कामहरुको फेहरिस्त समेत सुनाए । उनले भैरहवा विमानस्थल र पोखरा विमानस्थलको काममा तीब्रता दिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको, नेपाली नागरिकहरुको हवाई बीमा विदेशीहरुको सरह मनाएको पर्यटन वर्षको मनाउने ठोस कार्ययोजना ल्याएको लगायतका कार्यप्रगति विवरण पेश गरेका छन् ।

Share News