काठमाडौं । सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले संस्थापक तथा साधारण शेयरको अनुसातलाई ५१ः४९ बनाउन बढी अनुपातमा रहेको संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न बाटो खुल्ला गरको छ । राष्ट्र बैंकले बिहीबार सबै बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको एकीकृत निर्देशन २०७५ को इ.प्रा. निर्देशन नम्बर १० को बुँदा नम्बर १५ लाई संशोधन गरी त्यस्तो व्यवस्था ष्रेको जनाएको छ जसअनुसार १० वर्षदेखि सञ्चालनरत कम्पनीहरुलाई संस्थापक शेयरको हिस्सा ५१ प्रतिशतबाट नघटाई बाँकी शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतबाट बढी हुने शेयर हिस्सा संस्थापक शेयरधनीले साधारण शेयरमा रुपान्तरण गर्न नचाहेको अवस्थामा बाहेक समानुपातिक रुपमा साधारण शेयरमा रुपान्तरुण गर्नुपर्ने समेत स्पष्ठ पारेको छ । तर एकपटक साधारण शेयरमा रुपान्तरण भएको शेयर पुनः संस्थापक शेयरमा रुपान्तरण गर्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
तर कुनै पनि बैंकले एकैपटक कुल चुक्ता पुँजीको १० प्रतिशत भन्दा बढी शेयर एकैपटक साधारण शेयरमा रुपान्तरण गर्न नसकिने समेत राष्ट्र बैंकले जनाएको छ । शेयर बजारमा आउनसक्ने प्रभावलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ । यस्ताे अवस्थामा बैंकहरुले बढीमा २ पटकमा शेयर रुपान्तरण गर्न सकिने जनाएकाे छ ।