
काठमाडाैं । नयाँ वर्ष २०१९ सुरु भएसँगै भारतीय कार निर्माता तथा बिक्रेता कम्पनीहरुले आफ्नो उत्पादनहरुको मूल्य बढाएका छन् ।
ती कम्पनीहरुले आफ्ना उत्पादनहरुमा २ देखि ५ प्रतिशतसम्म मूल्य बढाएका हुन् । केही समय नै मूल्य बढाउने घोषणा गरेका कम्पनीहरुले आजदेखि मूल्यवृद्धि लागु गर्ने जनाएका छन् ।
भारतमा टाटा, मारुती, सुजुकी, अशोक लेलैण्ड, महिन्द्रा, आइसर, स्वराज माज्दा, फोर्स, प्रिमियर लगायत डेढ दर्जन भन्दा बढी कार निर्माता कम्पनीहरु छन् भने भारतबाहेकका देशमा बन्ने दर्जनौं कम्पनीहरुका उत्पादन समेत बिक्री हुने गरेको छ । भारतमा बन्ने र बाहिरबाट आउने सबै कारका मूल्यहरु आजदेखि बढ्ने छन् ।
आफ्नो उत्पादनको मूल्य कति बढाउने भनेर प्रत्येक कम्पनीहरुले छुट्टाछुट्टै रुपमा मुल्यसूची सार्वजनिक गरेका छन् ।
ती कम्पनीहरुले मूल्य बढाउनुको कारण उत्पादन लागतमा भएको वृद्धि eg]sf छन् । मुद्रास्फीति र उच्च विनिमय असन्तुलनका कारण कारको मूल्य बढाउन बाध्य भएको कार निर्माताको दाबी छ ।
सुजुकी माारुतीले पनि ४ प्रतिशत मूल्यवृद्धि गरेको छ । उसले मूल्यवृद्धिपछि आफ्ना कारहरु सन् २०१८ को भन्दा १७००० रुपैंयासम्म महँगा हुने बताएको छ ।
स्कोडाले आफ्ना प्रत्येक उत्पादनहरुमा २ प्रतिशतकोे मूल्य बढ्ने जनाएको छ । होन्डाले कति बढ्छ भनेको छैन, तर आफ्नो उत्पादन लागत ४ प्रतिशत बढेको यसअघि नै जनाएको थियो ।
महिन्द्राका कारहरुको मूल्य ३ प्रतिशतले बढेको छ । भोल्कस्वागेनले पनि आफ्ना उत्पादनहरु अब उप्रान्त पहिलेभन्दा २०००० रुपैंयासम्म महँगो पर्ने जनाइसकेको छ ।
टाटा कम्पनीले पनि जनवरीदेखि प्यासेन्जर भेहिकलहरुमा ४०००० भारु सम्म मूल्यवृद्धि गरेको छ । उसले गत अगस्टमा पनि प्रत्येक उत्पादनको मूल्य २.२ प्रतिशतले बढाएको थियो ।
नेपालमा पनि बढ्न सक्ने
भारतसँगको स्थिर विनिमय र अत्यfधिक व्यापार निर्भरताका कारण भारतीय कार निर्माताहरुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत तत्काल देखिन] सम्भावना छ ।
नेपालमा गुड्ने कारहरु अधिकांश भरतबाटै आउने र भारतइतरका देशहरुमा बन्ने कारहरुको मूल्य समेत भारतमा बढेको अवस्थामा नेपालमा त्यसको सीधा प्रभाव पर्ने सम्भावना देखिएको हो ।
-एजेन्सीकाे सहयाेगमा