जथाभावी लगानी गर्ने ४ मर्चेन्ट बैंकरलाई जरिवाना

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम पालना नगर्ने विभिन्न ४ मर्चेन्ट बैंकरलाई जरिवाना गरेको छ । बोर्डले सिबिआइएल क्यापिटल, एनआईसी एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट र एनएमबि क्यापिटललाई धितोपत्र सम्वन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनमा पहिलो पटक जरिवाना गरेको हो । क्यापिटलले संचालन गरेका कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम पालना नगर्ने विभिन्न ४ मर्चेन्ट बैंकरलाई जरिवाना गरेको छ ।

बोर्डले सिबिआइएल क्यापिटल, एनआईसी एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट र एनएमबि क्यापिटललाई धितोपत्र सम्वन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनमा पहिलो पटक जरिवाना गरेको हो ।

क्यापिटलले संचालन गरेका कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा बढी हुने गरी लगानी गरेकाले जरिवाना गरिएको बोर्डले बताएको छ ।

बोर्डका अनुसार योजना व्यवस्थापकहरुको व्यवस्था बमोजिम योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नु पर्ने सीमा तोकिएको छ ।

बोर्डका अनुसार काठमाडौंको नक्सालमा रहेको एनएमबि क्यापिटल, बानेश्वरमा रहेको लक्ष्मी क्यापिटल मार्केट र डिल्लीबजारमा रहेको सिबिआईएल क्यापिटल प्रत्येकलाई ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यस्तै, बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

Share News