नयाँ बर्षदेखि उपत्यकामा गुड्छन् ३ सय विद्युतीय बस, सांसद भन्छन्- वाइड बडी बस चलाऊ !

<p>काठमाडौँ । आगामी बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने भएका छन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको बैठकमा सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो कुरा जानकारी गराएका हुन् । २०७६ साल बैशाख १ बाट उपत्यकामा ३०० विद्युतीय बस चल्छन्, मन्त्री महासेठले भने–देशभरी नै विद्युतीय बस चलाउने [&hellip;]</p>

काठमाडौँ । आगामी बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने भएका छन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको बैठकमा सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो कुरा जानकारी गराएका हुन् ।

२०७६ साल बैशाख १ बाट उपत्यकामा ३०० विद्युतीय बस चल्छन्, मन्त्री महासेठले भने–देशभरी नै विद्युतीय बस चलाउने सरकारको योजना छ, त्यसको शुरुवात काठमाण्डौ उपत्यकाबाट हुँदैछ । समिति बैठकमा मन्त्री महासेठले सडक दुर्घटना अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाएको र एक महिनापछि प्रतिवेदन आउने बताए ।

समिति सभापति कल्याणी खड्काको अध्यक्षतामा बसेको बैठकमा विद्युतीय सवारी साधनको सञ्चालन, चार्जिङ स्टेशनको व्यवस्था के कसरी मिलाउने र सवारी दुर्घटना न्यूनिकरणका लागि के गर्ने भन्ने विषयमा मन्त्री महासेठको ध्यानाकर्षण गराइएको थियो । बैठकमा सांसद केदार सञ्जेलले जहाज मात्र होइन बसपनि वाइड बडी ल्याउनु पर्ने धारणा राखेको थिए ।बैठकमा सभापति खड्काले मृत्यु मार्गहरु कहिले राजमाार्ग बन्छन् भनी प्रश्न गरिन् ।

माननीय मन्त्रीज्यू, ट्रिपरले किचर नागरिकले ज्यान गुमाउनु पर्ने दिनको अन्त्य कहिले हुन्छ ? हाम्रा सडकहरुले मृत्यु मार्गको उपमा पाइरहेका छन्, बिहान घरबाट निस्किएको मानिस साँझ सकुशल घर फर्कन्छ कि फर्कदैन भन्ने आशंकामा परिवारले बाँच्नु परिरहेको छ ।
शहरमा ट्रिपर, माइक्रो र मोटरसाइकलको आतंक छ, ग्रामीण भेगमा अप्ठेरो सडक र अधिक यात्रुको चाप छ, यसले यात्राका लागि निस्किएका आफन्त साँझ घर नफर्किएसम्म कोही ढुक्क भएर बस्न सक्ने अवस्था छैन । यस्तो दिन अहिले अन्त्य हुन्छ ? सांसदहरुले धारणा राखेका थिए । सांसद आशाकुमारी विकले भनिन्–बुटवलबाट काठमाण्डौ आउन ५ सयले पुग्छ, कलंकीबाट बानेश्वर आउन ६ सय लाग्छ किन ?

यता, हालैको मन्त्री परिषद् बैठकले पनि शक्तिशाली यातायात प्राधिकरण बनाउने निर्णय गर्दै सोही प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो अपडेट :

Share News