युजरनेम लिएर शेयर काराेबार गर्ने ‘नगन्य’, किन देखिएन अनलाइन काराेबारमा आकर्षण ?

<p>काठमाडौं । कार्तिक २० गते औपचारिक रुपमा सुरु भई मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड वितरण सुरु गरिए पनि युजरनेम र पासवर्ड वितरण सुरु भएको करिब १ महिना हुन लाग्दा पनि बजारमा त्यसप्रतिको आकर्षण न्यून देखिएको छ । यसबीचमा करिब ५५० लगानीकर्ताले मात्र युजरनेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त [&hellip;]</p>

काठमाडौं । कार्तिक २० गते औपचारिक रुपमा सुरु भई मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड वितरण सुरु गरिए पनि युजरनेम र पासवर्ड वितरण सुरु भएको करिब १ महिना हुन लाग्दा पनि बजारमा त्यसप्रतिको आकर्षण न्यून देखिएको छ ।

यसबीचमा करिब ५५० लगानीकर्ताले मात्र युजरनेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अवधिमा युजरनेम र पासवर्ड प्राप्त गरेका ९२ जनाले मात्र उक्त एकाउन्टको प्रयोग गरी अनलाइन कारोबार गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

हालसम्म सक्रिय प्रयोगकर्ताको रुपमा कारोबार गरेका युजरले पनि प्रयोगका लागि मात्र सानो रकमको कारोबार गर्ने गरेको ब्रोकरहरु बताउँछन् । हामीले त सबै समस्या सिस्टमको सबै समस्या समाधान नभई युजरनेम र पासवर्ड उपलब्ध नगराऔं भनेका थियौं, तर लगानीकर्ताको दबाबमा छिटो दिइयो, साइटमा देखिएको समस्या कम भए पनि अनलाइन प्रयोग गर्दा आउने समस्याहरु अझै पनि आइरहेकै छ, यस्तो अवस्थामा कसले कारोबार गर्छ ? एक ब्रोकरले टिप्पणी गरे ।

कारोबारमा पुरानै शैलीमा अभ्यस्त हुनु नयाँ सिस्टमप्रतिको भरोसामा कमी र अनलनइन कारोबार प्रणालीमा उत्पन्न हुनसक्ने झण्झटलाई अनलाइन कारोबारमा आकर्षित नहुनुको प्रमुख कारणको रुपमा लिइएको छ । कारोबारका क्रममा अस्तो समस्या छ भन्नेमा अहिले जोकोही पनि अनभिज्ञ छन् ।

लगानीकर्ता नेताहरुले समेत हालसम्म अनलाइन कारोबारप्रति चासो नदेखाएको अवस्थामा त्यस्तो समस्या बुझ्ने, समाधान गर्ने र समस्या नभए आम लगानीकर्तालाई विश्वस्त गराउने गरी प्रचार गर्न चुक्दा समेत अनलाइन कारोबारमा आकर्षण कम देखिएको छ ।

Share News