तथ्याङ्क भन्छ- निक्षेपको ब्याजदर घट्दैमा शेयर बजार बढ्दैन

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजले बजार परिसूचक प्रत्यक्ष रुपमा असर नगर्ने तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा निक्षेपमा दिइने ब्याजदरले नेप्से परिसूचकलाई एकदमै न्यून प्रभाव पार्ने देखाएको हो । नेपाल राष्ट्र बैंकको २०६९ सालको असार मसान्तदेखि २०७५ असार मसान्तसम्मको वाणिज्य बैंकहरुको भारित औसत ब्याजदरसम्बन्धी वास्तविक तथ्याङ्कमा आधारित उक्त अध्ययनले [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजले बजार परिसूचक प्रत्यक्ष रुपमा असर नगर्ने तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा निक्षेपमा दिइने ब्याजदरले नेप्से परिसूचकलाई एकदमै न्यून प्रभाव पार्ने देखाएको हो ।

नेपाल राष्ट्र बैंकको २०६९ सालको असार मसान्तदेखि २०७५ असार मसान्तसम्मको वाणिज्य बैंकहरुको भारित औसत ब्याजदरसम्बन्धी वास्तविक तथ्याङ्कमा आधारित उक्त अध्ययनले निक्षेपमा हुने ब्याजदर परिवर्तन र यसले शेयर बजारमा पार्ने प्रभाव नकारात्मक हुने देखाए पनि त्यसको प्रभाव अत्यन्तै न्यून रहेको देखाएको हो । यी दुई चरहरुबीचको सहसम्बन्ध –०.०९ रहेको जनाइएको छ । यसले ब्याजदरमा हुने १ प्रतिशतको सकारात्मक परिवर्तनले शेयर बजारमा ०.०९ प्रतिशत गिरावट ल्याउँछ ।

तर कर्जाको ब्याजदरसँग भने शेयर बजारको ऋणात्मक र उच्च सहसम्बन्ध हुने देखाइएको छ । यो दर –०.५४ प्रतिशत रहेको देखाइएको छ । यसको अर्थ ब्याजदरमा हुने १ प्रतिशतको परिवर्तनले शेयर बजारमा ०.५४ प्रतिशत गिरावट ल्याउँछ । निक्षेप तथा कर्जाकाे ब्याजदर सम्बन्ध भने उक्त अवधिमा ०‍.८४ प्रतिशत हुने देखाइएकाे छ । याे भनेकाे ‘पर्फेक्ट काेरिलेटेड’ सँग नजिक हाे । यसप्रकार निक्षेपकाे ब्याजदरले शेयर बजारलाई प्रत्यक्ष रुपमा असर नगरे पनि कर्जाकाे ब्याजमार्फत् भने असर गर्ने देखिएकाे छ ।

Share News