काठमाडौं । उपत्यकाको ट्राफिक जाम कम गर्न पिक एण्ड ड्रपको तालिका फेरिएको छ । ट्राफिक प्रहरी महाशाखाले पुस १ गते लागू गरेको तालिका पुनः परिमार्जन गरेको हो ।
महाशाखाले रत्नपार्क, सभागृह अगाडि, बिसौनी एनएसी काठमाडौं मल अगाडिको स्थानलाई ५ वटा बिसौनीमा विभाजन गरेको छ ।
बालाजु क्षेत्रबाट टुँडिखेल घुम्ने सवारीलाई भृकुटीमण्डपमा यात्रु चढाउने र ओराल्न रोक लगाएको छ । अब सो क्षेत्रको सवारी काठमाडौं मल एनएसी अगाडि रोकेर यात्रु चढाउन र ओराल्न पाउनेछ ।
टुँडिखेल वरिपरि अव्यवस्थित तरिकाले एउटै सवारी साधनले थुप्रै ठाँउमा यात्रु चढाउने र ओराल्ने गरेका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको थियो ।
त्यसकारण यात्रुहरु चढाउने र ओराल्ने स्थान परिवर्तन गर्नु परेको महाशाखाले जनाएको छ । एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको व्यस्था गरिएको छ।
यस्ता छन् नयाँ बस स्टपहरु






