चपाएरै थुके नेपालीले ३ अर्ब रूपैयाँको चुईगम

<p>काठमाडौँ । नेपालमा व्यापार घाटा बढ्दै जानुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । सानासाना कुरामा पनि परनिर्भर हुने नेपालीहरुको बानीले व्यापार घाटा बढ्न मद्दत गरेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्मको १० वर्षमा १ करोड ४६ लाख ९६ हजार २४९ केजी चुइगम आयात भएको [&hellip;]</p>

काठमाडौँ । नेपालमा व्यापार घाटा बढ्दै जानुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । सानासाना कुरामा पनि परनिर्भर हुने नेपालीहरुको बानीले व्यापार घाटा बढ्न मद्दत गरेको छ ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्मको १० वर्षमा १ करोड ४६ लाख ९६ हजार २४९ केजी चुइगम आयात भएको छ । १० वर्षको अवधिमा ३ अर्ब २६ करोड ३८ लाख ६६ हजार २५३ रुपैयाँको विदेशी चुइगम नेपालमा खपत भएको हो । यसरी हेर्दा नेपालीहरूले यस अवधिमा ३ अर्ब बराबरको चुइगम पड्काएका छन् ।

आर्थिक वर्ष २०६५/०६६ मा १८ करोड ६६ लाख २ हजार ५९१ रुपैंयाको १४ लाख ५४ हजार २८९ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०६६/०६७ मा २६ करोड ७५ लाख २४ हजार १७९ रुपैंयाको १७ लाख ५३ हजार १५७ केजी विदेशी चुइगम नेपालमा खपत भएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा २६ करोड २१ लाख ७९ हजार ९१२ रुपैंयाको १७ लाख ६२ हजार ८८ केजी विदेशी चुइगम नेपालमा खपत भएएको थियो भने आर्थिक वर्ष २०६८/०६९ मा २६ करोड ३८ लाख ४५ हजार १०१ रुपैंयाको १३ लाख १२ हजार ३ केजी विदेशी चुइगम नेपालमा खपत भयो ।

यता, आर्थिक वर्ष २०६९/०७० मा ३५ करोड ७६ लाख ४५ हजार ९८४ रुपैंयाको १३ लाख १२ हजार ३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७०/०७१ मा ३६ करोड ६६ लाख २० हजार ३९३ रुपैंयाको १४ लाख १३ हजार ७९ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७१/०७२ मा ४१ करोड २९ लाख ५६ हजार २०१ रुपैंयाको १५ लाख ८४ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७२/०७३ मा ४२ करोड ६५ लाख १० हजार २५८ रुपैंयाको १५ लाख ४८ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ ।

यसैबीच, तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड २३ लाख ५३ हजार ३७३ रुपैंयाको १३ लाख ११ हजार २३२ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ ।

तथ्याङ्कले नेपालबाट पनि चीन र भारतमा चुइगम निर्यात भएको देखाउँछन । तर, आयातको तुलनामा निर्यातको अनुपात भने निकै न्यून देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपालले १ करोड ६९ लाख ७१ हजार रुपियाँको चुइगम विदेशमा पठाएको छ । चीनमा १ करोड ६९ लाख ७१ हजार ७५८ हजार र भारतमा ९ लाख ६९ हजार रुपियाँ बराबरको चुइगम निर्यात भएको छ । नेपालमा आयात हुने चुइगम भने भरत, बङ्गलादेश, कोरिया, चीन, बेलायत, अमेरिका र स्विडेनबाट आउने गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७४ मा चुइगम आयात ७ करोड १ लाख रुपियाँले घटेको छ । बरिष्ठ अर्थविद् डा. चन्द्रमणी अधिकारीले भने ‘नेपालको उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन पर्यो, अहिले व्यापारीहरु मात्रै प्रोत्साहित भएका छन् ।’ नेपालले आन्तरिक उत्पादनहरुलाई बृद्धि गरे मात्रै नेपालको व्यापार घाटा कम हुने अर्थबिद् अधिकरीले बताए ।

चुइगमका पारखीहरु चुइगम नियमित खानाले मुख गनाउँदैन, दाँत सफा हुन्छ र मानिसलाई बोर फिलिङग नहुने अनुभव सुनाउँछन् ।

Share News