डलरको मूल्य बढ्दा रेमिट्यान्समा उच्च सुधार, बढ्दो आयातले शोधनान्तर स्थिति घाटामा

<p>काठमाडौं । अमेरिकी डलरको मूल्य र सोसँगै बढेको अन्य देशका मुद्राको मूल्यको प्रभावले चालु आर्थिक वर्षको पहिलो चौमासमा नेपालको विप्रेषण आप्रवाहमा उत्साहजनक सुधार देखिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशत वृद्धि भई ३१२ अर्ब ३६ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा कुल [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरको मूल्य र सोसँगै बढेको अन्य देशका मुद्राको मूल्यको प्रभावले चालु आर्थिक वर्षको पहिलो चौमासमा नेपालको विप्रेषण आप्रवाहमा उत्साहजनक सुधार देखिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशत वृद्धि भई ३१२ अर्ब ३६ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा कुल रेमिट्यान्स १.४ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्ससँगै चालु आर्थिक वर्षको समीक्षा अवधिमा विदेश जाने नेपालीहरुको संख्यामा उच्च बढोत्तरी भई १ लाख २४ हपार ५ सय १८ जना पुगेको घ । अघिल्लो वर्ष यो संख्या १ लाख भन्दा कममा सीमित थियो ।

रेमिट्यान्स बढे पनि उक्त अवधिमा शोधनान्तर घाटामा उच्च वृद्धि देखिएको छ । चालु खातामा भएको उच्च वृद्धिका कारण यस्तो अवस्था देखिएको हो । उक्त अवधिमा देशको चालु खाता घाटा ८८ अर्ब ६४ करोड हुँदा कुल शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड रहेको छ अघिल्लो वर्ष देशको शोधनान्तर स्थिति बचतमा थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९६ करोड हुँदा देशको लगानी खाता भने बचतमा रहेको देखिन्छ । सो अवधिमा देशको कुल विदेशी मुद्रा विनिमय सिञ्चितिमा समेत १.८ प्रतिशतले ह्रास आई १०८२ अर्ब ९१ करोड कायम भएको छ ।

खाद्य र पेय पदार्थ सस्तियो

समीक्षा अवधिमा देशको मुद्रास्फीति ४.२ प्रतिशत रहँदा खाद्य तथा पेय पदार्थको मूल्य घटेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ जसअनुसार दाल तथा गेडागुडीमा १४ प्रतिशत, चिनी र चिनीजन्य पदार्थमा ७.६ प्रतिशत र तरकारीमा ८.७ प्रतिशत मूल्य घटेको देखाइएको छ भने यातायात, फर्निसिङ र घरयासी वस्तुहरुमा ८.४ प्रतिशत, ६.१ प्रतिशत र ८.७ प्रतिशत वृद्धि भएको देखाइएको छ ।

Share News